• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » विदेशमा मृत्यु भएका व्यक्तिको नाममा पनि सरकारी कर्मचारीद्धारा घुस
विदेशमा मृत्यु भएका व्यक्तिको नाममा पनि सरकारी कर्मचारीद्धारा घुस

काठमाडौं, १४ माघ । बैदेशिक रोजगार क्षेत्रमा थरीथरीका अनियमितता भएको समाचार बारम्बार आईरहन्छन् । तर पछिल्लो पटक एक सरकारी कर्मचारीले रोजगारीका लागि विदेशमा छदाँ मृत्यु भएका व्यक्तिका नाममा समेत घुस खाने गरेको तथ्य फेला परेको छ ।

वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेर समस्यामा परेका कामदार को उद्दार गर्न र उनीहरुलाई अभिमुखी करण कार्यक्रम सञ्चालन गर्ने अख्तियारी पाएको वैदेशिक रोजगार प्रर्वद्धन बोर्डकी निमित्त कार्यकारी निर्देशक गीरिजा शर्माले लासलाई माध्यम बनाएर पिडितबाट दाम असुल्न थालेको पाइएको छ ।
उनले मृतक कामदारले पाउने क्षतीपुर्तीको १० प्रतिशत माग्ने गरेको खुलासा भएको हो ।  यतिमात्र नभएर उनले घरेलु कामदारका लागि अनिवार्य शिपमुलक तालिम लिनुपर्ने भएपछि शर्माले आफु नजिकका अभिमुखीकरण तालिम केन्द्रमा शिप सिक्न जवरजस्ति पठाँउने गरेको समेत बताइएको छ । नियम विपरित ढंगले लाखौं रुपैयाँ असुलेर ६० भन्दा वढि अभिमुखीकरण तालिम केन्द्रलाई स्वीकृती दिएको एक व्यवसायीले बताए । 

सरकारले शीपमुलक तालिम लिने कामदार सँग प्रतिकामदार पाँचहजार तिन सय रुपैयाँ लिन सक्ने व्यवस्था गरेको छ । तर शर्माले भने त्यस्ता संस्थासँग प्रतिकामदार छ हजार रुपैयाँ असुल्न आदेश दिने गरेकी छिन् । आफु शक्तिकेन्द्रसँग नजिक रहेको बताउँने शर्मा वैदेशिक रोजगार प्रवद्धन वोर्डबाट श्रम मन्त्रालयमा सरुवा भएपनि उनको भ्रष्ट क्रियाकलापले भने उत्पात मच्चाउन थालेको श्रम मन्त्रालयका एक उप–सचिवले बताए ।  शर्माले गरेको अनियमितताका विषयमा बैदेशिक रोजगार अभिमुखीकरण व्यवसायीले अख्तियारमा मुद्या हाल्ने तयारी गरिरहेको श्रोतले बताएको छ ।


प्रकाशित मिति: January 28, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |