• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, photo Gallary » बाबुरामलाई प्रधानमन्त्री बनाउदाको चियर्स तस्बीर सार्वजनिक
बाबुरामलाई प्रधानमन्त्री बनाउदाको चियर्स तस्बीर सार्वजनिक

माघ । तत्कालिन एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउँदा मधेसी मोर्चासँग सम्झौतासँगै पाटी गरिएको चियर्स तस्बीर सार्वजनिक भएको छ ।

पूर्व सञ्चारमन्त्री समेत रहेका नेता जयप्रकाश प्रसाद गुप्ताले सो बेलाका तस्बीरहरु सार्वजनिक गरेका हुन् । सो अवसरमा सहमतिसँगै गिलासमा रक्सी राखेर चियर्स समेत गरिएको थियो । तस्बीरमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा उपाध्यक्ष भट्टराईले समेत गिलास बोकेको देखिएको छ ।

भट्टराई नेतृत्वको सरकार गठन हुदा एमाओबादीमै रहेका तात्कालिन उपाध्यक्ष मोहन वैद्य नेतृत्वको विचार समुहले माओबादी–मधेसवादी गठवन्धनको मोर्चालाई अप्रकाकृतिक गठवन्धनको संज्ञा दिदै विरोध जनाएको थियो ।

गुप्ताले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो तस्बिर सार्वजनिक गर्दै सोही सहमति आफूलाई सिध्याउने खेल भएको भनेर समेत उल्लेख गरेका छन् ।

कसैसँग नभएको फोटो अब सबैतिर भन्दै गुप्ताले ले लेखेका छन् ‘डा. बाबुराम भटराइ नेतृत्वमा मधेसी–माओवादीको संयुक्त सरकार गठन सम्बन्धि सहमति हुंदाको बखतको तस्विर । सहमति अनि चीयर्स । गहिरो गरी जान्नेहरू भन्छन, यही घटनापछि मलाइ समाप्त पार्ने काल जन्मियो । कहि कतै, अरू कोही संग नभएको यो तस्वीर अब सबैका लागि सार्वजनिक भयो ।’


प्रकाशित मिति: January 28, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |