• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » स्ववियु निर्वाचन चैतमा
स्ववियु निर्वाचन चैतमा

काठमाडौं १४ माघ । त्रिभुवन विश्वविद्यालयले आगामी चैतभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्न तयारी थालेको छ ।

निर्वाचन प्रक्रियासहितका विषयमा विद्यार्थी संगठनहरुको मत बाझिएपछि पाँच वर्षयता हुन नसकेको स्ववियुको निर्वाचन कार्यक्रम सार्वजनिक गर्न यसअघि नै विद्यार्थी संगठनहरुले विश्वविद्यालयको ध्यानाकर्षण गराएका छन् ।

लामो समयसम्म स्ववियु निर्वाचन हुन नसकेको अवस्थामा विद्यार्थी संगठनसँग आगामी चैतभित्र निर्वाचन गर्नेगरी विश्वविद्यालयले छलफल अघि बढाएको त्रिवि विद्यार्थी कल्याण शाखाका प्रमुख गंगाबहादुर थापाले जानकारी दिए ।

निर्वाचन प्रणालीलगायतका विषयले विगतमा स्ववियु निर्वाचन प्रभावित भएकामा गत वर्ष नै त्रिविले मिश्रति प्रणालीमा निर्वाचन गर्ने निर्णय गरिसकेको छ । लामो समयसम्म स्ववियु निर्वाचन हुन नसक्दा क्याम्पसहरुमा युनियनको नेतृत्व रिक्त हुन गएको छ । रासस

प्रकाशित मिति: January 28, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |