आइटम डान्सका साथ देखा पर्दै करिष्मा
बलिउड नायिका करिष्मा कपुर अब आइटम डान्समा साथ दर्शकामाझ देखा पर्ने भएकी छिन् ।करिष्माले आउदो चलचित्र गब्बरमा एउटा जबरजस्त आइटम डान्सको साथमा देखा पर्ने छिन्।
बलिउडमा सफल निर्माता सञ्जय लिला भन्साली र नायक अक्षय कुमार मिलेर बनाउन लागेको चलचित्र गब्बरमा उनी आइटम डान्समा साथ नौलो भुमिकामा देखा पर्न लागेकी हुन् । यस अघि आइटम डान्समा भुमिकामा कहिल्लै देखा परेकी थिइनन् ।
चलचित्र गब्बर तामिल चलचित्र रामनाको रिमिक्स भएको निर्माण पक्षले जानाएको छ ।
प्रकाशित मिति:
January 12, 2014