• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » प्रहरीद्धारा पत्नीलाई सुराकी बनाई ७४ लाख लिएको रहस्य सार्वजनिक
प्रहरीद्धारा पत्नीलाई सुराकी बनाई ७४ लाख लिएको रहस्य सार्वजनिक

पुस २९ । सुराकी बापतको रकम लिनका लागि एक प्रहरीले आफ्नी पत्नीको नाम राखेर सुराकी रकम लिएको नयाँ रहस्य खुलेको छ ।

गत भदौमा बौद्दबाट समातिएको १६ किलो सुन तस्करीको सुराकीका रुपमा एक प्रहरीले आफ्नी पत्नीको नाम सुराकीको रुपमा राखेको खुलेको हो ।

चीनको राजधानी बेइजिङबाट तिब्बत हुँदै तातोपानी नाकाबाट नेपाल भित्रिएको उक्त सुनको असली सुराकी तिब्बतीयन नागरिक नै भए पनि सुन पक्राउ गर्ने कमाण्डमा खटिएका इन्स्पेक्टर कृष्णबहादुर चन्दले पत्नी ज्योतिकुमारी पालको नाम सुराकीमा राखी ९८ लाख ८४ हजार तीन सय ४३ मध्ये २५ प्रतिशत आयकर २४ लाख ७१ हजार ८६ रुपैयाँ कटाई ७४ लाख १३ हजार २ सय ५७ रुपैयाँ चन्दले पत्नीलाई राजस्व अनुसन्धान विभागमा लगेर उक्त रकम बुझेको बताइएको छ ।

तिब्बतबाट नेपाल सुन तस्करी हुँदै गरेको सुराकी पाएका चन्दले पत्नी ज्योतिले सुरकी दिएको भन्दै रकम निकासा गरेर राजस्व अनुसन्धान विभागमा महानिर्देशक भरतराज सुवेदीले २० लाख रुपैयाँ लिएको समेत खुलेको नेपाल समाचार पत्रमा खबर छ ।


प्रकाशित मिति: January 13, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
गृह पृष्ठ |