• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, photo Gallary » माघ ८ मा संविधानसभाको पहिलो बैठक
माघ ८ मा संविधानसभाको पहिलो बैठक

पुस । संविधानसभाको पहिलो बैठक माघ ८ गते बस्ने भएको छ । मन्त्रिपरिषद्का अध्यक्षको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा ८ गते अपराह्न ३ बजेका लागि पहिलो बैठक आह्वान गरिएको छ ।

'नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६९ को उपधारा ९१० बमोजिम संविधान सभाका सदस्यहरुको अन्तिम निर्वाचन परिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको एक्काइस दिनभित्र प्रधानमन्त्रीले आह्वान गरे बमोजिम संविधान सभाको पहिलो बैठक बस्ने व्यवस्था भएअनुरुप मन्त्रिपरिषद्का सम्माननीय अध्यक्षज्यूले संविधान सभाको पहिलो बैठक २०७० साल माघ ८ गते बुधबार अपरान्ह ३:०० (तीन) बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर काठमाडौंमा बस्ने गरी आह्वान गर्नुभएको छ' मन्त्रिपरिषद् अध्यक्षका प्रेस सल्लाहकार विमल गौतमद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

पहिलो बैठक बोलाउने विषयमा राष्ट्रपति यादव पछि हटेपछि अध्यक्ष रेग्मीले बैठक आह्वान गरेका हुन् ।

यसअघि राष्ट्रध्यक्षको हैसियतले आफूले बैठक बोलाउनुपर्ने भन्दै राष्ट्रपतिले दौडधुप मात्रै नगरेर चियापान कार्यक्रमको आयोजना समेत गरेका थिए । तर, अध्यक्ष रेग्मी आफ्नो अडानबाट पछि नहटेपछि विवादमा आउन नचाहेर राष्ट्रपति पटि हट्न पुगेका थिए ।

राष्ट्रपतिले यादवले आज अध्यक्ष रेग्मीलाई बोलाएर धारा ३६ क बारे ध्यानाकर्षण गराउँदै बैठक बोलाउने व्यवस्था गर्न भनेका थिए । त्यसलगत्तै रेग्मीले बैठक आह्वान गरेका हुन् । बैठक कसले बोलाउने भन्ने विषय बारे सर्वोच्चमा २९ गते सुनुवाई हुन लागेपनि अब त्यसको अर्थ पनि समाप्त भएको छ ।

प्रकाशित मिति: January 11, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |