• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » खलंगामा बेवारिसे मृत शिसु फेला
खलंगामा बेवारिसे मृत शिसु फेला

दिप बहादुर घर्ति/जाजरकोट
माघ ५ । सदरमुकाम खलंगामा बेवारीसे अवस्थामा फालिएको मृत शिसु आईतबार बिहान फेला परेको छ । जन्म दिने आमाले जन्मिन वित्तिकै प्लाष्टिकको झोलामा शिसुलाई हालेर फाले पछि मृत शिसु फेला परेको हो ।
खलंगाको लभ रोड्ले चिनिने वाटोमै फालिएको मृत शिसु विहानै गाउँवाट तरकारी बिक्री गर्न खलंगा आएका एक किसानले फेला पारे पछि प्रहरीलाई जानकारी गराएका थिए । झण्डै ५ किलो सम्मको तौल हुन सक्ने अनुमान गरिएको मृत शिसुलाई हेर्नेहरुको भिड लागेको थियो । अबैध सम्बन्धवाट बच्चा जन्मिएको हुदा जन्म दिने आमाले बच्चालाई प्लाष्टिकको झोलामा हालेर फालेको हुन सक्ने धेरैले अनुमान गर्न थालेका छन् ।
प्रहरी मुजुल्का तयार गरी थप प्रहरी अनुसन्धान अगाडी बढाई सकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । अनुसन्धानको नजिक पुगिसकेको उक्त केश पत्ता लागेरै छाड्ने प्रहरी इनिष्पेक्टर धर्मेन्द्र शाहले बताए ।

प्रकाशित मिति: January 19, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |