• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, Main News, photo Gallary » डिन नियुक्तीमा करोडौंको चलखेल भएको रहस्य खुल्यो
डिन नियुक्तीमा करोडौंको चलखेल भएको रहस्य खुल्यो

माघ ७ । चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन नियुक्ती सम्बन्धमा करोडौंको चलखेल भएको रहस्य खुलेको छ । चार मेडिकल कलेजलाई सम्बन्धन दिन १५ करोडका दरले ६० करोड रुपैयाँको चलखेल भएकाले चिकित्सकहरुले जति नै आन्दोलन गरेपनि सम्बन्धित पक्ष पछि नहेटेको पाइएको हो ।


नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका कांग्रेस स्वास्थ्य विभाग प्रमुख डा. शशांक कोइरालाले एक दैनिक पत्रिकामा अन्तरवार्ता दिंदै ६० करोडको चलखेल भएको भन्दै यसले मेडिकल क्षेत्रमा ठूलो माफियातन्त्र हावी भएको दाबी समेत गरेका छन् ।


अन्तरवार्तामा कोइरालाले मेडिकल कलेज भनेको सामान्य संस्था नभएको भन्दै सरकारले स्पष्ट मापदण्ड र आधार नबनाई कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भन्दै सम्बन्धन प्राप्त गर्नका लागि नै अहिलेको घटना घटिरहेकोतिर संकेत गरेका छन् ।

अहिले अनशनरत डा. केसीको स्वास्थ्य स्थिति जटिल बनेको भन्दै कोइरालाले उनलाई बचाउन सरकारले तत्काल डिन शर्मालाई राजीनामा दिन लगाउनुपर्ने समेत बताएका छन् ।

एउटा त शर्माको नियुक्तिमा प्रक्रियासमेत मिलेको छैन भनिएको छ कोइरालाले भनेका छन्– 'चार मेडिकल कलेजलाई सम्बन्धन दिन तत्कालीन डिन प्रकाश सायमीलाई दबाब आएको र उहाँले दबाब खेप्न नसकेर राजीनामा दिएको भन्ने पनि सार्वजनिक भएको छ । । डा.र्माको पद जोगाउनुभन्दा पनि डा. केसीको प्राण बचाउनु मुख्य कुरा हो । डिन पद मानिसको ज्यानभन्दा ठूलो हुन सक्दैन ।'

शर्मालाई डिनमा नियुक्ती गरिएसँगै चिकित्सा क्षेत्र आन्दोलित भएको छ भने डा. केसी यसको विरुद्धमा १० दिनदेखि आमरण अनसनमा छन् । केसीको अवस्था पनि गम्भीर बन्दै गएको छ भने अस्पताल बन्दका कारण हजारौं बिरामी मर्कामा पर्दा समेत सरकार, राजनीतिक दल तथा नवनियुक्त डिन शशी शर्माले यो विषयलाई हलुका ढंगले लिएको पाइएको छ । जानकारहरु आर्थिक चलखेलकै कारण सरकार तथा राजनीतिक दल समेत चुप लागेर बसेको बताउँछन् ।

प्रकाशित मिति: January 21, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |