• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » महिलाको गुप्तांगमा राखेर ५४ तोला सुन तस्करी
महिलाको गुप्तांगमा राखेर ५४ तोला सुन तस्करी

माघ ६ । पछिल्लो पटक नेपालमा सुन तस्करीका घटनाहरु बढेर गएका छन् ।  चीन नाका खासावाट अबैध रुपमा भित्र्याइएका सुन प्रहरीले धमाधम बरामद गर्न थालेपछि भने तस्करीले भने महिलाको गुप्तांगमा राखेर तस्करी थालेको पाइएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरले शनिवार राति विशेष सुराकीका आधारमा तीन महिलाको भित्री अंग गुप्तांगबाट ५४ तोला सुनसहित उनीहरुलाई पक्राउ गरेपछि यस्तो तथ्य खुलासा भएको हो ।

अरनिको राजमार्गअन्तर्गत भक्तपुर चित्तपोल ५ बाट शनिवार राति उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।  रातको समयमा भाडाका गाडी प्रयोग गरी तस्करले महिलालाई माध्यम बनाएर संवेदनशील अंगमा लुकाई सुन तस्करी थालेको प्रहरीले जनाएको छ ।

अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत भक्तपुरमा तातोपानीबाट आइरहेको गाडीमा सवार यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा ५४ तोला ६५ लाल अर्थात ६ सय ६७ ग्राम अबैध सुन बरामद भएको खबर राजधानीमा छापिएको छ ।

प्रकाशित मिति: January 20, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |