पासपोर्टका कारण पारस शाह थाईल्याण्डमा अलपत्र
माघ १५ । पूर्वयुवराज पारस शाह पासपोर्टका कारण थाईल्याण्डमा अलपत्र परेका छन् ।

थाइल्याण्डको राजधानी बैंककबाट केही पर रहेको चियाङमाइस्थित लागूऔषध पुनस्थापना केन्द्रबाट डिस्चार्ज भएको दुई साता बितिसक्यो । केन्द्र पारसमा अब लागूऔषधको कुनै अंश बाँकी नरहेको र उनी पूर्णरुपमा पुर्नस्थापित भएको ठहर गरिसक्यो । अब उनी नेपाल फर्किन सक्ने अबस्थामा छन् । तर, उनी चाहेर पनि नेपाल फर्किन सकिरहेका छैनन् । कारण, पुर्नस्थापनामा लगिएका ब्यक्तिका सवै चीज प्रहरीकहाँ हुन्छन् । उनको पासपोर्ट पनि थाई प्रहरीको नियन्त्रणमा छ । पुनस्थापना भइसके पनि उनी आफ्नै चाहनाले हिडडुल गर्न सक्दैनन् । त्यसलै स्थानीय अभिभावकका रुपमा प्रेमीका कन्निका चाइसानलाई राखेका छन् । उनलाई अहिले नेपाल फर्किने चटारो भएपनि प्रहरीले दिन नमानिरहेको खबरमा उल्लेख छ ।
प्रहरीले अहिले आधिकारिक अभिभावकलाई मात्र राहदानी दिने र उनको साथमा मात्र थाइल्याण्ड छाड्न पाउने जनाउ दिएको छ । थाई प्रहरीले कन्निकालाई आधिकारिक अभिभावक मान्दैन । कारण, पारस र उनीवीच आधिकारिक बिबाह भएको छैन् । थाई प्रहरीले पत्नी हिमानी वा बाबु ज्ञानेन्द्रलाई मात्र आधिकारिक अभिभावक मान्ने भएकाले अब पारसलाई त्यहाँबाट मुक्त गरेर ल्याउन उनीहरु दुईमध्ये एक जना जानुपर्ने अबस्था छ । तर, पत्नी हिमानी र पिता ज्ञानेन्द्र दुवै जना यतिबेला आफन्तको बिबाहका लागि भारतमा छन् ।
प्रकाशित मिति:
January 29, 2014