• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
photo Gallary, Political » अबका दिनमा एमाओवादीको अस्तित्व नै सकिने बामदेवको निचोड
अबका दिनमा एमाओवादीको अस्तित्व नै सकिने बामदेवको निचोड

फागुन १५ । उपप्रधान तथा गृहमन्त्री समेत रहेका एमाले उपाध्यक्ष बामदेव गौतमले एमाओवादीको अस्तित्व नै सकिने बताएका छन् ।

पार्टीको नवौं महाधिवेशन लक्षित राजनीतिक दस्तावेजको मस्यौदामा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष गौतमले  अबका दिनमा मुलुकबाट एकीकृत नेकपा माओवादीको अस्तित्व नै समाप्त हुने निष्कर्ष निकालेका हुन् ।

महाधिवेशन तयारीका सिलसिलामा स्थायी समितिका तर्फबाट २१ सदस्यीय राजनीतिक दस्तावेज लेखन समितिको संयोजकसमेत रहेका गौतमले हत्या, हिंसाको राजनीति गर्ने समूह र एमाओवादीको अस्तित्व समाप्त हुने निष्कर्षसहित आजको अवस्थाअनुसार सुध्रिएर आएमा भने ऊसँग पार्टी एकतासमेत हुन सक्ने किटानी गरेका छन् ।

आठौं महाधिवेशनयता एमाओवादीलाई उग्रवामपन्थी शक्तिका रूपमा संघर्षभन्दा मित्र शक्तिका रूपमा एकतामा जोड दिँदै आएका गौतमले नवौंका लागि तयार गरिरहेको मस्यौदामा भने अबका दिनमा उसको अस्तित्व नै समाप्त हुने घोषणा गरेका छन् । स्थायी समितिले आगामी ३ जेठका लागि महाधिवेशन मिति प्रस्ताव गरेको छ । त्यसैको तयारीका सन्दर्भमा केन्द्रीय कमिटीको बिहीबार बस्ने बैठकमा थप छलफल हुँदै छ ।
२०६२/०६३ को जनआन्दोलनको सफलतापछि नेपाली समाजको वर्तमान चरित्र र अबको कार्यभार र तदनुरूपको पार्टी संगठन निर्माणलगायतका प्रश्नमा एमालेमा केन्द्रीय सदस्य घनश्याम भुसाललगायतको एउटा समूहसँग नजिक रहेका गौतमले दस्तावेज लेखन समितिको संयोजकको हैसियतमा मस्यौदा अध्ययन गरी सुझाव लिन आफूनिकटका केन्द्रीय सदस्यहरूलाई वितरणसमेत गरिसकेको बताइएको छ ।

‘अब भावी दिनमा नेपाली श्रमजीवी वर्गको वास्तविक प्रतिनिधि नेकपा एमाले र नेपाली पुँजीपतिवर्गको प्रतिनिधि नेपाली कांग्रेस नै हुनेछन् । एमाओवादी र हत्या–हिंसा एवं अराजकताको राजनीतिक आधारमा टिक्न खोज्नेहरूको अस्तित्व समाप्त हुनेछ,’ गौतमले दस्तावेजको मस्यौदामा भनेका छन्, ‘त्यसमध्ये आफूलाई आजको विशेषताअनुरूप सुधार गरेर आउन सक्यो भने कम्युनिस्ट पार्टीहरूबीच एकता पनि हुन सक्नेछ ।’ राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: February 27, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |