• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Political » बाबुराम भट्टराईलाई संवैधानिक समितिमा पठाउने तयारी
बाबुराम भट्टराईलाई संवैधानिक समितिमा पठाउने तयारी

फागुन ७ । एकीकृत माओवादीले पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईलाई संवैधानिक समितिको सभापतिमा पठाउने तयारी गरेको छ ।

दुई ठूला दल कांग्रेस र एमाले पनि संवैधानिक समितिको सभापति माओवादीलाई दिन तयार भएको बताइएको छ ।

एमाओवादी स्रोतका अनुसार सो समितिको सभापतिमा नेता डा. भट्टराईलाई पठाउने विषयमा शीर्ष नेताबीच सहमति बनेको खबर नयाँ पत्रिकामा छापिएको छ । गत संविधानसभामा कांग्रेस नेता नीलाम्बर आचार्य संवैधानिक समितिको सभापति थिए।

यसअघि संविधानसभा अध्यक्षमा दाबी गरिरहेको एमाओवादीको मंगलबार बिहान बसेको पूर्वपदाधिकारी बैठकले एमाले उम्मेदवार सुवास नेम्वाङलाई समर्थन गर्ने निर्णय गरेको थियो । ‘कांग्रेस–एमालेसँग भएको संवादका आधारमा सभामुखमा नेम्वाङलाई समर्थन गर्ने निर्णय गरेका हौँ,’ माओवादीका एक पूर्वस्थायी समिति सदस्यले भने, ‘शक्ति बाँडफाँडमा माओवादीलाई पनि समेट्ने कुरा भएको छ ।’ माओवादीले सरकारमा भने सहभागी नहुने र प्रतिपक्षमा बस्ने निर्णय गरिसकेको छ।

प्रकाशित मिति: February 19, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • पोर्नस्टार पनि भगवानको शरणमा
गृह पृष्ठ |