बाबुराम भट्टराईलाई संवैधानिक समितिमा पठाउने तयारी
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjKN0qE8WZAoUu6fd1DJsS6mqJYgLCW_xiXGh7wECg1OOoUHK5OEuyekLiZSUlR9PFaL27JG-6JeX3GEyLUIA9xonzIxBCkvWiDX8GtTNcEjV8C-1JEgL9JRvFxP_FpaAg-7Hx2gy4G8Q0/s1600/baburam.jpg)
दुई ठूला दल कांग्रेस र एमाले पनि संवैधानिक समितिको सभापति माओवादीलाई दिन तयार भएको बताइएको छ ।
एमाओवादी स्रोतका अनुसार सो समितिको सभापतिमा नेता डा. भट्टराईलाई पठाउने विषयमा शीर्ष नेताबीच सहमति बनेको खबर नयाँ पत्रिकामा छापिएको छ । गत संविधानसभामा कांग्रेस नेता नीलाम्बर आचार्य संवैधानिक समितिको सभापति थिए।
यसअघि संविधानसभा अध्यक्षमा दाबी गरिरहेको एमाओवादीको मंगलबार बिहान बसेको पूर्वपदाधिकारी बैठकले एमाले उम्मेदवार सुवास नेम्वाङलाई समर्थन गर्ने निर्णय गरेको थियो । ‘कांग्रेस–एमालेसँग भएको संवादका आधारमा सभामुखमा नेम्वाङलाई समर्थन गर्ने निर्णय गरेका हौँ,’ माओवादीका एक पूर्वस्थायी समिति सदस्यले भने, ‘शक्ति बाँडफाँडमा माओवादीलाई पनि समेट्ने कुरा भएको छ ।’ माओवादीले सरकारमा भने सहभागी नहुने र प्रतिपक्षमा बस्ने निर्णय गरिसकेको छ।
प्रकाशित मिति:
February 19, 2014