एसएलसीका लागि १ हजार ८ सय ३६ वटा परीक्षा केन्द्र तोकिए
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjP8Avm8ZmXmlys9GWebNyk4u2LqW-LfvJV0zAX-0GnDnVXyGr58x8Fcvni6ZwDav9H9mFC_ZRkgI9_lKKvaGPVUk5k5xWFLDdsCGN4ajevnK_AYnU9T0r27_2qTLJy5BZKKd7vzqVhLsw/s1600/slc.jpg)
परीक्षा नियन्त्रण कार्यालयले गतवर्ष १ हजार ७ सय ८६ परीक्षा केन्द्र निर्धारण गरिएकामा यस वर्ष देशभरबाट होम सेन्टर हटाएकाले ५० वटा केन्द्र थप गर्नुपरेको जनाएको छ । यस पटकको परीक्षामा ५ लाख ६६ हजार परीक्षार्थीको सहभागिता रहने छन् ।
परीक्षाका लागि प्रश्नपत्र छपाइ कार्य सकेर उपत्यका बाहेकका जिल्लाहरूमा प्रश्नपत्र पठाइएको पनि पनिकाले जनाएको छ ।
प्रकाशित मिति:
February 19, 2014