जेठदेखि श्रम स्वीकृतिका लागि हस्तलिखित राहदानी काम नलाग्ने
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhDjXP5oOiuHJJYSEoQE_DpDUG6CzMR10JYW8TU_ArZhyphenhyphen_0g0Aq8_gk6Z30Okw8OFBSMNYTCPgG154NkmKplbkUDScdZlR7KdBWqqK8C9MKDyjAKoXB3ri_SQUTW0H_PP4QYNyDU6x-SIw/s1600/mrp.jpg)
हस्तलिखित राहदानीको म्याद जेठ भन्दा उता भएपनि त्यसले काम नगर्ने भएको हो । वैदेशिक रोजगार विभागले २०७१ जेठ १ देखि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) मा मात्र श्रम स्वीकृति दिने निर्णय गरेको हो ।
२०७२ मंसिर ७ देखि हस्तलिखित राहदानी काम नलाग्ने भन्दै विभागले यस्तो निर्णय गरेको हो।
नयाँ प्रक्रियामा अनिवार्य जानैपर्ने र अहिले नै व्यवस्था मिलाउँदै गए पछि सजिलो हुने हुँदा बेलैमा एमआरपी बनाउन विभागले आग्रह समेत गरेको छ ।
प्रकाशित मिति:
February 20, 2014