तल्लुसम्म हलुका यातायात (तस्बीर समाचार)
दिप बहादुर घर्ति
आईतबारबाट सञ्चालन गरिएका हलुका यातायात जीप, ट्याक्टर लगाएतका साधनहरु खगेनकोटको दल्लीबाट रग्दा हुदै भगवतिको तल्लुवगर सम्म नियमित रुपमा सञ्चालन हुने भएका छन् । जाजरकोटको पूर्वमा पर्ने उक्त खगेनकोट,रग्दा र भगवति यि ३ वटै गाविस दुर्गम र अन्तिम गाविस पनि हुन । यातायातको सुभारम्भको दिन ठाउँ–ठाउँमा गेट निर्माण गरेर माल्यार्पण, अविरावरण,बाँजागाँजा बजाएर स्थानिय नाँच र झाँकीहरु प्रदर्शन, नारा जुलुस लगाएर स्थानियहरुले भब्य स्वागत गरेका थिए । स्थानियले लगाएका नाराहरु “ शिक्षा,स्वास्थ्य,यातायात भौतिक पूर्वाधार–विकासको आधार, नेपाली सेना –जिन्दावाद, मेजर पहाडी–हाई–हाई ”लगाएतका नाराहरु लगाएका थिए ।
जाजरकोट सदरमुकाम देखि पुर्व ५५ किलामिटर टाढाका मान्छेहरु खलंगा संग नजिक हुने भएका छन । भगवति गाविसका मात्र नभई रुकूमको गोतामकोट, खदी,डोल्पा जिल्लाबाट यात्रा गर्ने मान्छेहरुले धेरै राहत पाउने भएका छन । त्यसक्षेत्रका मान्छेहरुले दाल,चामल, नुन, तेल अब केहि सस्तो मुल्यमा खाना पाउने भएका छन । विगत ५ बर्ष देखि जाजरकोट डोल्पा मोटरबाटो निर्माण कार्यको जिम्मा नेपाली सेनाले लिएको छ । यस मोटर बाटोको लम्बाई १ सय १६ किलो मिटर रहेको छ । उक्त मोटरबाटोले जाजरकोट जिल्लाको पुर्वि भाग, रुकुम जिल्लाको पश्चिममा रहेका भल्मा,आठबिसकोट, खदी गोतामकोट गाविसलाई छोएर डोल्पा जिल्लामा प्रबेश गर्ने भएको छ ।
तिन खण्डमा रहेको जाजरकोटको पासागार देखि डोल्पाको सदरमुकाम दुनै सम्मको मोटरबाटोको ४५ किलोमिटर जाजरकोटमा, ३१ किलोमिटर रुकुममा र ४० किलोमिटर लम्बाई डोल्पा जिल्लामा रहेको छ । यस मोटरबाटोको निर्माण कार्यलाई सहज र सुलभ गराउनलाई नेपाली सेनाको रोड निर्माण कार्यदलले जाजरकोटको पासागार,मनमैतरा,तल्लु, रुकुमको मनकाबगर र डोल्पाको खदाङ गरि जम्मा ५ ठाउँबाट एकै साथ कामको सुरुवात गरेको छ । खगेनकोटको मनमैतरा देखि भगवतिको तल्लुसम्म कल्पनानै गर्न नसकिने जाजरकोट सदरमुकाम पुग्नलाई लाग्ने कालापहर भन्दा ठुला–ठुला ३ वटा पहर फोहरेर ट्रयाक खोलिएको छ ।
सरकारले आवश्यक बजेट दिएमा आगामी २ बर्ष भित्रै डोल्पाको दुनैमा मोटरबाटो पुर्याउन सकिने रोड निर्माण कार्यदलका प्रमुख,ईन्जिनेर तथा सेनाका मेजर विश्वबन्धु पहाडीले वताए । देश भित्रका सबै जिल्ला सदरमुकाममा मोटरबाटो पुर्याई राष्ट्रिय सडक सन्जालको सरकारी नीति अनुरुप राष्ट्रिय रोडको कोरिडर भित्र आउन नसकेका जिल्लाहरुको मोटर बाटोमा सरकारले प्रयाप्त बजेट छुट्याउनु पर्छ मेजर पहाडीले भने । उनी संग मोटर रोड निर्माणको लामो अनुभव रहेको छ । २५ बर्ष लामो जागिरको सिलसिलामै उनीले धेरै रोडहरु निर्माण गरि सकेका छन ।
विगत १० बर्ष देखि यता मात्र सल्यानको सल्ली बजार देखि जाजरकोटको सदरमुकाम खलंगासम्मको ६२ किलोमिटर लामो सडक, सल्लीबजार देखि रुकुमको चौहरजहारी सम्मको ४० किलोमिटर सडक निर्माण कार्य मेजर पहाडीले सम्पन्न गरि सकेका छन । हाल सम्म जिल्ला सदरमुकाम सम्म मोटर बाटो पुग्न नसकेका जिल्लाहरुमा कर्णाली अञ्चलको डोल्पा र हुम्ला जिल्ला मात्र बाँकी रहेका छन ।
प्रकाशित मिति:
February 18, 2014