• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » करणले गोप्य भेटे पूर्वराजालाई, र भने– 'हिन्दु राज्य पुर्नस्थापना हुनुपर्छ'
करणले गोप्य भेटे पूर्वराजालाई, र भने– 'हिन्दु राज्य पुर्नस्थापना हुनुपर्छ'

फागुन ६ । भारतीय नेता करण सिंहले पूर्वराजा ज्ञानेन्द्रसँग गोप्य रुपमा भेटेको रहस्य खुलेको छ ।

नेपाल भ्रमणमा आएका सिंहले ज्ञानेन्द्रलाई भेटेर  हिन्दु राज्य पुर्नस्थापनामा विशेष जोड दिइएका थिए । पूर्वराजा शाहसँग गोप्य भेटवार्ता गरेका सिंह आइतबार नै स्वदेश फर्किसकेका छन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालासँगको औपचारिक भेटपछि सिंह निर्मलनिवास पुगेका थिए । त्यहाँ करिब एक घन्टा कुराकानी गरेका सिंह त्यसपछि सोझै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

स्रोतलाई उदृत गर्दै नयाँ पत्रिकाले छापेको खबर अनुसार भेटमा राजतन्त्रको विघटन भएयतादेखिका राजनीतिक परिस्थितिबारे कुराकानी भएको थियो । दुवैले सहयोगीबिना कुराकानी गरेका थिए । स्रोतका अनुसार सिंहसितको कुराकानीमा पूर्वराजा ज्ञानेन्द्रले हिन्दूधर्मबारे बढी चिन्ता व्यक्त गरेका थिए । हिन्दूराष्ट्रको पुनस्थापना हुनुपर्नेमा उनको जोड थियो । भारतको राज्यसभा सदस्यसमेत रहेका सिंहले पनि नेपालमा हिन्दूराष्ट्र पुनस्र्थापना हुनुपर्ने धारणा राख्दै आएका छन् ।

राजसंस्था पुर्नस्थापनाको विषयमा भन्दा पनि हिन्दूराष्ट्र पुनस्थापनाको विषयमा शाह बढी चिन्तित भएको स्रोतको भनाई छ । राजतन्त्रको अन्त्यपछि मुलुकमा झनै अन्योलता बढेको र देशले गति लिन नसेकेको पूर्वराजाले बताएको स्रोतको भनाई छ । नेता सिंहले निर्मल निवासमै ब्रेकफास्ट पनि गरेका थिए ।

प्रकाशित मिति: February 18, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • पोर्नस्टार पनि भगवानको शरणमा
गृह पृष्ठ |