• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Prawas » अध्यक्ष किरण र सचिव गुरुङको आतिथ्यमा प्रगतिशील मोर्चाको साधारणसभा सम्पन्न
अध्यक्ष किरण र सचिव गुरुङको आतिथ्यमा प्रगतिशील मोर्चाको साधारणसभा सम्पन्न

फागुन, बेल्जियम । नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमको साधारणसभा अन्त्वेर्पण सहरमा भब्य रुपमा सम्पन्न भएको छ ।

नेकपा–माओवादी का अध्यक्ष मोहन वैद्य (किरण) को प्रमुख आतिथ्य र सचिव देव गुरुङ को विशेष आतिथ्य रहेको थियो ।

उक्त कार्यक्रममा भाइचारा संगठनको प्रतिनिधित्व गर्दै नर्वे, इटाली, जर्मनी, स्वेडन, बेल्जियम, इरान, अमेरिका, श्रीलंका, नेदेरलंद, टर्की, फिलिपिन्स आदि देशका पार्टी, महिला, युवाको तर्फबाट सम्बोधन भएको थियो ।

कतिपय भाइचाराले नेपाली क्रान्ति जिन्दावाद ,विश्व क्रान्ति जिन्दावाद भनेर नेपाली भासमा बोल्दा हलमा राम्रो आकर्षण भएको थियो । नेपाली क्रान्तिको नेतृव गरेका नेता मोहन बैध द्वारा उद्घाटन भएको साधारणसभा हलमा ठुलो संख्यामा भाइचाराको उपस्थिति रहनुलाई कार्यक्रम मा उपस्थित नेपालीहरुका बीच थप कौतुहलता र उत्सुकता जागेको थियो ।

बेल्जियम स्थित सम्पूर्ण राजनैतिक ,सामाजिक, सांस्कृतिक, जातीय, क्षेत्रीय संघ संस्था पत्रकार लगायत नेपाली समुदायको ठुलो उपस्थिति रहेको थियो ।

मोर्चाका अध्यक्ष प्रेम पाठक को सभापतित्वमा महासचिव कुल मगर र सुसिला पराजुली द्वारा संचालित कार्यक्रम को स्वागत मन्तव्य उपध्यक्ष सोम थनेतले गरेका थिए ।

क किरण ,देव गुरुङ लगायत का नेताहरुको लेख सहित मोर्चाको गतिबिधि समेटी प्रकासन गरेको मुखपत्र 'प्रगतिशील आवाज'को प्रमुख अतिथि मोहन वैद्यद्वारा बिमोचन गरिएको थियो ।

साधारणसभाको खुल्ला सत्रको अन्त्य पछि बन्दसत्रले राजनैतिक, आर्थिक प्रतिवेदन पास गर्दै कार्यक्रम पूर्ण सफल पार्न सहयोग गर्ने सम्पूर्ण नेपाली तथा बिदेसी समुदाय लाइधन्यवाद दिदै कार्यक्रम को समापन भएको थियो ।

प्रकाशित मिति: February 17, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • पोर्नस्टार पनि भगवानको शरणमा
गृह पृष्ठ |