अध्यक्ष किरण र सचिव गुरुङको आतिथ्यमा प्रगतिशील मोर्चाको साधारणसभा सम्पन्न
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhQgH0g9YbniAdhGGEl0dAlsK45FcZE_jpnyDdB_JO47RVmoF5mVwYmOygGv3mxiixKI9E_V8eJKr75i4fVcY7JUKU8vMFARsL9qZQt3m3f4YvAasg6DPpz092KlKaFw25s-rZIrdbCqXY/s1600/k.jpg)
नेकपा–माओवादी का अध्यक्ष मोहन वैद्य (किरण) को प्रमुख आतिथ्य र सचिव देव गुरुङ को विशेष आतिथ्य रहेको थियो ।
उक्त कार्यक्रममा भाइचारा संगठनको प्रतिनिधित्व गर्दै नर्वे, इटाली, जर्मनी, स्वेडन, बेल्जियम, इरान, अमेरिका, श्रीलंका, नेदेरलंद, टर्की, फिलिपिन्स आदि देशका पार्टी, महिला, युवाको तर्फबाट सम्बोधन भएको थियो ।
कतिपय भाइचाराले नेपाली क्रान्ति जिन्दावाद ,विश्व क्रान्ति जिन्दावाद भनेर नेपाली भासमा बोल्दा हलमा राम्रो आकर्षण भएको थियो । नेपाली क्रान्तिको नेतृव गरेका नेता मोहन बैध द्वारा उद्घाटन भएको साधारणसभा हलमा ठुलो संख्यामा भाइचाराको उपस्थिति रहनुलाई कार्यक्रम मा उपस्थित नेपालीहरुका बीच थप कौतुहलता र उत्सुकता जागेको थियो ।
बेल्जियम स्थित सम्पूर्ण राजनैतिक ,सामाजिक, सांस्कृतिक, जातीय, क्षेत्रीय संघ संस्था पत्रकार लगायत नेपाली समुदायको ठुलो उपस्थिति रहेको थियो ।
मोर्चाका अध्यक्ष प्रेम पाठक को सभापतित्वमा महासचिव कुल मगर र सुसिला पराजुली द्वारा संचालित कार्यक्रम को स्वागत मन्तव्य उपध्यक्ष सोम थनेतले गरेका थिए ।
क किरण ,देव गुरुङ लगायत का नेताहरुको लेख सहित मोर्चाको गतिबिधि समेटी प्रकासन गरेको मुखपत्र 'प्रगतिशील आवाज'को प्रमुख अतिथि मोहन वैद्यद्वारा बिमोचन गरिएको थियो ।
साधारणसभाको खुल्ला सत्रको अन्त्य पछि बन्दसत्रले राजनैतिक, आर्थिक प्रतिवेदन पास गर्दै कार्यक्रम पूर्ण सफल पार्न सहयोग गर्ने सम्पूर्ण नेपाली तथा बिदेसी समुदाय लाइधन्यवाद दिदै कार्यक्रम को समापन भएको थियो ।
प्रकाशित मिति:
February 17, 2014