भारतीय विदेश मन्त्रालयको अनुरोध पत्र बोकेर नेपाल छिरे तिब्बती सम्पर्कबिहीन
फागुन १३ । चीनसँग सिँधै चासो जोडिएका तिब्बती भारतीय विदेश मन्त्रालयले लेखिदिएको एउटा अनुरोधपत्र बोकेर हवाईमार्ग हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको र त्यहीबाट बेपत्ता भएको खुलेको छ ।
अन्नपूर्ण पोष्टमा छापिएको खबर अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका तिब्बती शरणार्थी अहिले भने सम्पर्कबिहीन अवस्थामा छन् भने उनीहरुलाई सुरक्षा निकायले खोजिरहेको छ । समाचारमा अध्यागमनका कर्मचारीको लापरबाहीका कारण सम्पर्कविहीन भएको जनाइए पनि मिलेमलोमार्फत उनीहरु सम्पर्क बाहिर जान सफल भएका त होइनन् भन्ने शंका समेत उब्जाएको छ ।
काठमाडौंको बौद्ध र स्वयम्भूमा हुने धार्मिक कार्यक्रममा सहभागी हुन भन्दै गत शनिबार स्पाई जेटको विमानबाट दिल्ली हुँदै काठमाडौं आएका नौजनामध्ये चारजनालाई विमानस्थल अध्यागमनले प्रवेश अनुमति दिएको थियो। उस्तै कागतमा सँगै आएका बाँकी पाँचजनालाई भने अध्यागमन कार्यालयले पक्राउ गरी भारत फिर्ता पठाएको थियो।
सुरक्षा निकायको खोजीमा रहेका चारजना तिब्बती शरणार्थी हुन् भन्ने थाहा नपाएकाले छाडिदिएको अध्यागमनका कर्मचारीले बताएका छन्। ती चारैजना राम्रोसँग नेपाली भाषा बोल्नसक्ने भएका कारण अध्यागमनका कर्मचारीले नेपाली नागरिक नै हुन् भन्ने ठानेर छाडिदिएका खबर आजको अन्नपूर्णमा छापिएको छ।
विमानस्थल अध्यागमन कार्यालयका प्रमुख वीरेन्द्रकुमार यादवले भारतबाट हवाई उडानमार्फत काठमाडौं आएका केही शरणार्थीलाई उतै फर्काइएको बताए। 'विमानस्थलबाट तिब्बती शरणार्थी छिरेजस्तो लाग्दैन', यादवले भने, 'त्यस्तो हो भने हामी छानबिन गर्छौं।'
नेपाल प्रवेश गर्नेमा भारत धर्मशालाबाट आएका डेन्डुप छान्चो, साम्नेन डोल्मा, एमएस नोर्गुम र कर्मा योसाम छन्। उनीहरू तिब्बती शरणार्थी भएको सूचना पाएपछि सँगै आएका बाँकी पाँचजनालाई अध्यागमनका कर्मचारीले रोकेका थिए।
सँगै आएका साथीलाई रोकेपछि ती चारजना तिब्बतीको तत्काल खोजी गरियो तर उनीहरू विमानस्थलबाट बाहिर गइसकेकाले फेला परेनन्। भारतीय विदेश मन्त्रालयको सम्पर्क कार्यालयले उनीहरू सबैलाई व्यक्तिगत पत्र दिएको छ। पत्रमा उनीहरू तिब्बती शरणार्थी भएको र दुई महिना नेपालमा रहने उल्लेख छ ।

प्रकाशित मिति:
February 25, 2014