एमाओवादी गठनबन्धनले पनि नेम्वाङलाई नै सभामुखमा सघाउने
फागुन ६ । १ बर्ष भित्र संबिधान जारी गर्ने कार्यभारलाई सहज वातारवण बनाउन भन्दै एमाओवादी नेतृत्वको गठबन्धनले पनि सभामुखमा उम्मेदवारी नदिई सुवासचन्द्र नेम्वाङलाई नै सघाउने निर्णय गरेको छ ।
एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाडामा बिपक्षी गठबन्धनका दलहरु बीचको बैठकले सभामुखमा उम्मेदवारी नदिने निष्कर्ष निकाल्दै नेम्वाङलाई सघाउने जनाएको हो ।
यसअघि मंगलबार बिहानै बसेको एमाओबादी पूर्वपदाधिकारी एवं कार्यालयको बैठकले संविधानसभा अध्यक्षको निर्वाचनमा उम्मेदवारी नदिने र एमालेका नेम्वाङलाई नै समर्थन जनाउने निर्णय गरेको थियो ।
१ बर्ष भित्र संबिधान जारी गर्ने कार्यभारलाई सहज बातारवण बनाउन सुबासलाई नै सघाउने निर्णय गठबन्धन दलले गरेपछि पूर्वसभामुख समेत रहेका नेम्वाङ दोस्रो कार्यकालमा पनि सभामुख बन्ने पक्कापक्की भएको छ ।
यसअघि एमाओवादीले नेता कृष्ण बहादुर महरालाई सभामुखमा उठाउने तयारी गरेको थियो ।
प्रकाशित मिति:
February 18, 2014