नबिलको साढे २ करोड लुटकाण्डमा बैंक प्रबन्धकका भाईसहित शंकास्पद पक्राउ
फाल्गुन ६ कञ्चनपुर । नबिल बैंक महेन्द्रनगर शाखाको रकम डकैती प्रकरणमा प्रहरीले शङ्कास्पद व्यक्तिलाई पक्राउ गरी सोधपुछ कार्य अगाडि बढाएको छ ।
प्रहरीको अनुसन्धान टोलीले रकम लुटिएको दुई महिनापछि शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडि बढाएको हो ।
कैलालीका प्रहरी नायब उपरीक्षक रमेश पण्डितको नेतृत्वमा गठित छानबिन टोलीले केही दिनयता शङ्कास्पद व्यक्तिलाई पक्राउ गरी सोधपुछ सुरु गरेको छ । बैंक कर्मचारी र तिनका आफन्तसमेत अनुसन्धानमा तानिएका छन् ।
यसअघि पक्राउ गरी हिरासतमा राखिका कर्मचारीलाई पनि पुनः सोधपुछका लागि पक्राउ गरिएको छ । कैलाली प्रहरीले सबैलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रहरी नायब उपरीक्षक पण्डितले डकैतीमा सोधपुछका लागि पाँच जनालाई पक्राउ गरिएको बताउनुभयो । प्रहरीका अनुसार नबिल बैंक शाखा महेन्द्रगरका प्रबन्धक बिसन सिंहका भाइ दिलबहादुर सिंहलाई समेत पक्राउ गरिएको छ । ठेकेदार व्यवसायी सिंहलाई चाँदनीबाट पक्राउ गरिएको हो । यसैगरी बैंकका कर्मचारी र सवारी चालकसमेत अनुसन्धानका लागि तानिएका छन् ।
गत मङ्सिर २४ गते नबिल बैंक शाखा कार्यालय महेन्द्रनगरबाट धनगढीस्थित राष्ट्र बैंकमा रकम जम्मा गर्न जाने क्रममा मुखमा नकाब लगाएका हतियारधारी समूहले कैलाली र कञ्चनपुरको सीमा क्षेत्र मालाखेतीबाट रु दुई करोड ३१ लाख लुटपाट गरेका थिए । त्यसपछि प्रहरीले बैंकका सवारी चालकसहित २० जनालाई नियन्त्रणमा लिएर छानबिन गरेको थियो । -रासस
गत महिना कैलाली प्रहरीले अनुसन्धानमा केही प्रगति हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो । अनुसन्धानमा प्रगति नहुँदा प्रहरीको चौतर्फी आलोचना भएको थियो ।
पछिल्लो पटक सुदूरपश्चिमका प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले नबिल प्रकरणलाई प्रमुख प्राथमिकता राखेर अुनसन्धान टोली दुवै जिल्लामा खटाएका थिए । यसबाहेक सुरुदेखि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पनि डकैती प्रकरणको अनुसन्धान गरिरहेको छ ।
स्रोतका अनुसार दुई सातासम्म शङ्कास्पद व्यक्तिहरुको सूचना सङ्कलन गरी अनुसन्धान टोलीले सोधपुछका लागि पक्राउ गर्न थालेको हो ।

प्रकाशित मिति:
February 18, 2014