• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, photo Gallary » शहिद दिवसका दिन पेरिसडाँडामा विदेशीलाई भोज
शहिद दिवसका दिन पेरिसडाँडामा विदेशीलाई भोज

फागुन १४ । एमाओवादीले शहिद सप्ताहको उपलक्ष्यमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टीका अन्य नेतासहित शहिद परिवारलाई बोलाएर शहिद सप्ताह कार्यक्रम गर्यो । जहाँ शहिदका फोटोहरु राखेर माल्यार्पण गरियो ।

जनयुद्ध प्रारम्भ भएको १४ दिनपछि अर्थात् आजभन्दा १८ वर्षअघि गोरखामा दिलबहादुर रम्तेलको हत्या भएको थियो । सोही अवसरमा आयोजित पेरिसडाँडाको कार्यक्रम सकिएको केही समयमै पेरिसडाँडाले भने रंग फेर्यो । बिहानभरी शहिदको सम्झना गरेलगत्तै दिउँसो भने त्यहाँ पुरै खुसियाली छायो यतिसम्मकी विदेश विभागद्धारा आमन्त्रित विदेशी पाहुना पत्रकारहरु समेत त्यो खुसीमा रणमग्न देखिन्थे ।

तत्कालीन माओवादीले जनयुद्धका प्रथम सहिद भएका दिलबहादुर रम्तेलको हत्या भएको फागुन १४ गतेदेखि झापा विद्रोही मारिएको २१ गतेसम्म सहिद सप्ताह मनाउँदै आएकोमा एमाओवादीले विदेशी राजदूतहरु, कुटनीतिक नियोगका पदाधिकारीहरु पत्रकार लगायतलाई बोलाएर भोज गराएसँगै शहिदहरुको खिल्ली उडाएको भन्दै चर्को विरोध हुन थालेको छ ।

सहिदहरुको सम्झनामा माल्यार्पण लगत्तै यस्तो गर्नुले पार्टीको बदनाम भएको भन्दै यसको आलोचना बढेर गएको हो । कार्यक्रममा माओवादी प्रायः सबै उच्च नेताहरु सहभागी थिए।

प्रकाशित मिति: February 26, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |