• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » एमाओवादीकी ओनसरी घर्ती संविधानसभाको उपाध्यक्षमा निर्वाचित
एमाओवादीकी ओनसरी घर्ती संविधानसभाको उपाध्यक्षमा निर्वाचित


काठमाडौं, १४ फागुन । संविधानसभाको उपाध्यक्षमा एकीकृत माओवादीकी सभासद ओनसरी घर्ती निर्वाचित भएकी छिन् ।
नया“ बानेश्वरमा बुधबार बसेको संविधानसभाको बैठकमा घर्तीलाई बहुमत संविधानसभा सदस्य संख्याले संविधानसभाको उपाध्यक्ष पदमा निर्वाचित गरेको हो ।
उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा घर्तीले ४८४ मत हासिल गरिन् भने विपक्षमा ५ मत खसेको थियो । एमाओवादीकी उम्मेदवार घर्तीलाई कांग्रेस, एमाले, राप्रपा नेपाल, राप्रपासहित फोरम लोकतान्त्रिक, फोरम नेपाल, तमलोपा लगायत सबै मधेशी तथा साना दलले पनि समर्थन गरेका थिए ।
एमाओवादीकी उम्मेदवार घर्तीको प्रस्तावकमा एमाओवादी नेता कृष्णवहादुर महरा थिए भने समर्थकहरुमा कांग्रेसका आनन्द ढुंगाना र एमालेका भीम आचार्य रहेका थिए ।
संविधानसभा उपाध्यक्षका लागि नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापाको पनि उम्मेवदवारी प्रस्तुत भए पनि चुनावी प्रक्रियामा समावेश भइनन् ।
मंगलवार उपाध्यक्षका लागि एमाओवादीका तर्फवाट घर्ती र नेमकिपाका तर्फबाट थापाको नाम दर्ता गरेको उम्मेदवारीलाई बुधवार बसेको संविधानसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गरिएको थियो ।
संविधानसभाको अर्को बैठक फागुन २० गते मंगलवार विहान ११ बजे बस्ने छ ।

प्रकाशित मिति: February 26, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |