एमाओवादीका बालकृष्ण ढुंगेललाई पक्रेर कारबाही गर्ने गृहमन्त्रीको चेतावनी

ढुंगेललाई यसअघि सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर गरेको थियो । राजधानीमा आज आयोजित एक कार्यक्रममा गृहमन्त्री गौतमले कानुन विपरितका कुनैपनि क्रियाकलाप हुन नदिने जिकिर समेत गरेका छन् । कार्यक्रममा उनले आफू गृहमन्त्री भएसँगै गुण्डाहरुको भागाभाग भएको समेत जनाएका थिए ।
एमाले उपाध्यक्ष समेत रहेका गौतमले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले मानवीय संवेदनशीलताको समेत ख्याल नगरी ग्राण्डी अस्पतालमा भएको स्थायी समिति बैठकमा नगएको बताए । तर, नेपाल स्थायी कमिटी बैठकमा नजादैंमा उनलाई कारबाही भने नगरिने गौतमले बताए ।
प्रकाशित मिति:
February 27, 2014