• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, News » एमाओवादीका बालकृष्ण ढुंगेललाई पक्रेर कारबाही गर्ने गृहमन्त्रीको चेतावनी
एमाओवादीका बालकृष्ण ढुंगेललाई पक्रेर कारबाही गर्ने गृहमन्त्रीको चेतावनी

फाल्गुन १५ । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले एकीकृत माओवादीका नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्ने चेतावनी दिएका छन् ।

ढुंगेललाई यसअघि सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर गरेको थियो । राजधानीमा आज आयोजित एक कार्यक्रममा गृहमन्त्री गौतमले कानुन विपरितका कुनैपनि क्रियाकलाप हुन नदिने जिकिर समेत गरेका छन् । कार्यक्रममा उनले आफू गृहमन्त्री भएसँगै गुण्डाहरुको भागाभाग भएको समेत जनाएका थिए ।

एमाले उपाध्यक्ष समेत रहेका गौतमले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले मानवीय संवेदनशीलताको समेत ख्याल नगरी ग्राण्डी अस्पतालमा भएको स्थायी समिति बैठकमा नगएको बताए । तर, नेपाल स्थायी कमिटी बैठकमा नजादैंमा उनलाई कारबाही भने नगरिने गौतमले बताए ।


प्रकाशित मिति: February 27, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |