प्रधानमन्त्रीको सल्लाहकारमा भट्टराई र नेपाल, स्वकीयमा गौतम नियुक्त
प्रधानमन्त्री सुशिल कोइरालाको बिदेश मामिला सल्लाहकारमा पुर्वसह सचिव दिनेश भट्टराई, अर्थ सल्लाहाकारमा चिरन्जीवि नेपाल र प्रमुख स्वकीय सचिवमा वसन्तराज गौतमलाई बैठकले नियुक्त गरेको छ ।
आर्थिक सल्लाहाकार नेपाल यस अघि अर्थमन्त्रालय र पुर्व परराष्ट्रमन्त्री सुजाता कोइरालाका सल्लाहकार भए भने प्रमुख स्वकीय सचिव गौतम यस अघि स्वगीय गिरिजा प्रसाद कोइरालाका पनि स्वकीय सचिव थिए ।
दुई सदस्य मात्र भएको मन्त्रीपरिषदले सोमबार नेपाल सरकारको कानुनी सल्लाहाकारमा बाबुराम कु“वरलाई नियुक्त गरेको थियो । हाल प्रधानमन्त्री कोइराला र बिना बिभागिय मन्त्री डा.रामशरण महत मात्र मन्त्रीपरिषदमा रहेका छन् ।
प्रकाशित मिति:
February 18, 2014