५ हजारभन्दा बढीको भुक्तानी बेवसाइटमा राखिने प्रधानमन्त्रीको घोषणा

मंगलबार पद तथा गोपनियताको सपथ तथा पदभार ग्रहण गरेपछि पहिलो निर्णय स्वरुप कोइरालाले ५ हजारभन्दा बढीको भुक्तानी दिनुपर्यो भने तीन दिन वेबसाइटमा राखेर मात्र भुक्तानी दिने निर्णय गरेका हुन् ।
पदबहालीपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री कोइरालाले शान्ति, स्थिरता, लोकतन्त्र, लोकतान्त्रिक संविधान र विकासनै वर्तमान सरकारको प्राथमिकता रहेको समेत जनाए ।
प्रधानमन्त्री कोइरालाले एक वर्षभित्रमै लोकतान्त्रिक संविधान आउनेमा आफू ढुक्क रहेको समेत जनाएका थिए ।
प्रकाशित मिति:
February 12, 2014