• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Technology » ५ हजारभन्दा बढीको भुक्तानी बेवसाइटमा राखिने प्रधानमन्त्रीको घोषणा
५ हजारभन्दा बढीको भुक्तानी बेवसाइटमा राखिने प्रधानमन्त्रीको घोषणा

माघ २९ । नवनिर्वाचित प्रधानमन्त्री सुशिल कोइरालाले  प्रधानमन्त्री कार्यालय अन्तरगतका निकायबाट ५ हजारभन्दा बढीको भुक्तानी दिनुपर्‍यो भने तीन दिन वेबसाइटमा राखेर मात्र भुक्तानी दिने घोषणा गरेका छन् ।

मंगलबार पद तथा गोपनियताको सपथ तथा पदभार ग्रहण गरेपछि पहिलो निर्णय स्वरुप कोइरालाले ५ हजारभन्दा बढीको भुक्तानी दिनुपर्‍यो भने तीन दिन वेबसाइटमा राखेर मात्र भुक्तानी दिने निर्णय गरेका हुन् ।

पदबहालीपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री कोइरालाले शान्ति, स्थिरता, लोकतन्त्र, लोकतान्त्रिक संविधान र विकासनै वर्तमान सरकारको प्राथमिकता रहेको समेत जनाए ।

 प्रधानमन्त्री कोइरालाले एक वर्षभित्रमै लोकतान्त्रिक संविधान आउनेमा आफू ढुक्क रहेको समेत जनाएका थिए ।

प्रकाशित मिति: February 12, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |