• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » मन्त्रालय बाँडफाडमा कांग्रेस एमालेबीच सहमति, १०-१० मन्त्रालयको भागबन्डा
मन्त्रालय बाँडफाडमा कांग्रेस एमालेबीच सहमति, १०-१० मन्त्रालयको भागबन्डा

फागुन ११ । नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय बाँडफाँडको विवाद अन्तिम चरणमा पुगेको छ ।

दुई दलबीच १०-१० वटा मन्त्रालयमा सहमति जुटेको बताइएको छ । अन्य मन्त्रालय भने राप्रपालाई १ र मालेलाई एक मन्त्रालय दिइने भएको छ भने अन्य चार मन्त्रालय अन्य दललाई छुट्याइएको छ ।

सोमबार बिहान २ बजेसम्म राजधानीको होटल द्वारिकाज्मा भएको दुईदलको वार्तामा १०–१० वटा मन्त्रालय कांग्रेस एमालेले राख्ने, राप्रपा र मालेलाई एक एक तथा बाँकी ४  वटा मन्त्रालय साना दललाई दिनेगरी प्रधानमन्त्रीसँगै राख्नेगरि सहमति नेताहरुले जनाएका छन् ।

सहमति अनुसार रक्षा, अर्थ,सञ्चार, सहरी विकास, शिक्षा,स्थानीय विकास, आवास तथा भौतिक योजना, शान्ति तथा पुर्न निर्माण, कानून न्याय तथा संसदीय र सिँचाई मन्त्रालय  कांग्रेसले राख्ने भएको छ ।

यसैगरी नेकपा एमालेले गृह तथा उपप्रधान, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य, उर्जा, पर्यटन, बन,यूवा तथा खेलकुद, कृषि र भूमिसुधार तथा ब्यवस्था मन्त्रालय राख्ने सहमति भएको छ।

सूर्यबहादुर थापा नेतृत्वको राप्रपा र सिपी मैनालीको पार्टी मालेलाई एक एक मन्त्रालय दिने सहमति भएको छ। अन्य ४ मन्त्रालय सरकारमा आउन चाहने साना दलका लागि भनेर प्रधानमन्त्रीसँग रहनेछन् ।

दुई दलबिचको मन्त्रालय बाँडफाँड मिलाइए पनि दुई दलभित्र कसलाई कुन मन्त्रालय मिलाउने भन्ने विवाद भने मिलेको छैन । आजै बेलुकासम्म सरकारले पूर्णता पाउने नेताहरुले दाबी गरेका छन् ।

प्रकाशित मिति: February 24, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |