बंगलादेशी चलचित्रमा नेपाली नायिका

अर्चनाले राजधानीमाच आयोजित एक कार्यक्रमका बिच सादा कालो आकाशेर क्यानभासे नामक चलचित्रमा अभिनय गर्न लागेको जानकारी दिएकी हुन् ।
चलचित्रको निर्देशन बंगलादेशी निर्देशक तनविन रफिकले गर्नेछन् । करिव ६० प्रतिशत सुटिङ नेपालमा नै गर्ने भनिएको यो चलचित्रमा नेपालको तर्फबाट अर्चनामात्र देखिनेछन् ।
यो चलचित्रको लागी बिभिन्न नेपाली नायिकाहरुको अडिसन लिएको भएपनि अर्चना सवैभन्दा उत्तम देखिएकी तथा बंगलादेशी नागरिकको अनुहारसँग मिल्ने खालकी देखिएको भएर उनलाई लिईएको निर्देशक रफिकले कार्यक्रममा जानकारी दिए । यो चलचित्रको छायांकन आउँदो मार्च महिनाबाट सुरुवात गरिने जानकारी दिईएको छ ।
प्रकाशित मिति:
February 11, 2014