• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, photo Gallary » ठूलाबडाको सवारीमा सर्वसाधरणले कहिलेसम्म दुःख पाउने ?
ठूलाबडाको सवारीमा सर्वसाधरणले कहिलेसम्म दुःख पाउने ?

टेनिस रोका/टिप्पणी
फागुन १५ । त्यसो त लगभग वर्ष दिन अगाडी नै आफ्नो सवारीको बेला सर्वसाधरणलाई बाटो नछेक्नु भन्ने तवरबाट राष्ट्रपति डा. रामवरण यादवले निर्देशन दिईसकेको भनेर समाचार समेत आएको थियो । तर, राष्ट्रपतिले नै त्यस्तो निर्देशन दिएको भनिए पनि अहिलेसम्म कार्यान्वयन नहुनुले निर्देशन दिएका हुन् या होइनन् भन्नेमा नै प्रश्न उब्जिएको छ ।

अहिलेसम्म सर्वसाधरणले पनि ठूलाबडाको सवारी हुँदा दुःख पाउन छाडेका छैनन् ।

सवारी हुनुभन्दा झण्डै आधा घण्टादेखि नै बाटो खाली गराउन भन्दै सर्वसाधरणलाई सवारी आगमनमा रोक लगाउने राजा-महाराजादेखि चल्दै आएको चलन गणतन्त्रको आजको शिवरात्रीका दिनसम्म पनि उस्तै छ ।

उच्च पदस्थ व्यक्तित्वहरुको सवारी हुनुपूर्व नै सडक खाली गराईने भएपछि सर्वसाधरण भने रोकिनुपर्ने र सवारी सकिएपछि पनि सानो सडक बाटोका कारण हैरानी बेहोर्नुपर्ने बाध्यता सर्वसाधरणलाई मात्रै होइन ट्राफिक प्रहरीलाई पनि उत्तिनै रहँदै आएको छ ।

तर, देशका उच्च ओहदामा बसेका जिम्मेवार व्यक्तिहरुले सर्वसाधरणका पिरमर्कातिर ध्यान नदिँदा यस्ता हैरानी खेप्दै आउनु परेको छ ।

सैनिक दिवस तथा शिवरात्रीका अवसरमा टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा सहभागी हुन राष्ट्रपति यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशिल कोइराला लगायत व्यक्तित्व उपस्थित थिए ।
उक्त कार्यक्रममा सहभागी हुन आउँदा पनि सर्वसाधरणले घण्टौं हैरानी बेहोरे भने उनीहरु फर्कदा समेत त्यहीँ नियती दोहोरियो ।

सवारी हुने भएपछि बाटो खाली गर्न भन्दै ट्राफिकले रोकेपछि सर्वसाधरण भने गणतन्त्र आएको भनिए पनि महाराजाकै शासन जस्तै भएको भन्दै खिन्न देखिन्थे । जनता तथा जनताका प्रतिनिधिद्धारा नै निर्वाचित राष्ट्रपति तथा प्रधानमन्त्रीले सर्वसाधरणका सामान्य यस्ता विषयलाई ध्यान नदिँदा सर्वसाधरण झनै निराश हुने गरेको पाइएको छ ।

हेर्नुहोस् सवारीका बेला सर्वसाधरणलाई यातायात आवात जावातमा रोक लगाएपछि जमल आसपासमा देखिएको ट्राफिक जाम:









प्रकाशित मिति: February 27, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |