ठमेलमा युवतीलाई बन्धक बनाएर यौन धन्दा

राम्रो जागिर लगाइदिने भन्दै युवतीहरुलाई ल्याएर मसाज सेन्टरको नाम दिई यौन धन्दा चलाउने गरेको पाइएको हो ।
महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले त्यसरी बन्धक बनाइएका ३ महिलाको उद्दार गरेको छ ।
उनीहरूलाई ठमेलको होटल ग्रिन लिफबाट उद्दार गरिएको हो । त्यहाँ महिलालाई ल्याएर बन्धक बनाई यौन धन्दामा लगाएको वृत्तका डिएसपी वीरेन्द्रबहादुर शाहीले बताए । उनका अनुसार बाहिरबाट ग्राहक ल्याएर महिलालाई प्रयोग गर्ने गरेको खुलेको छ । होटल सञ्चालक फरार छन् । ग्राहकबाट आफूले धेरै रकम असुलेर महिलालाई थोरै दिने गरेको प्रहरीको भनाई छ ।
यस्तै, ठमेल कै नीलगिरी स्पा एन्ड मसाज सेन्टरबाट प्रहरीले सञ्चालक निर्मल मगरलाई पक्राउ गरेको छ । उनलाई स्पामा काम गर्न राखिएका महिलालाई जबरजस्ती यौन धन्दामा लगाएको आरोप छ ।
जबरजस्ती यौन धन्दामा लगाएको उजुरीपछि छापा मारेर पक्राउ गरिएको कान्तिपुरमा खबर छ ।
प्रकाशित मिति:
February 11, 2014