• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, Main News, photo Gallary » गृह मन्त्रालयको लफडापछि एमाले सरकारमा नजाने, नेम्वाङ नै सभामुख
गृह मन्त्रालयको लफडापछि एमाले सरकारमा नजाने, नेम्वाङ नै सभामुख

माघ २९ । यसअघिको सहमति अनुसार गृहमन्त्रालय दिनबाट कांग्रेस पछि हटेको भन्दै नेकपा एमाले सरकारमा नजानेमा पुगेको छ ।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले कांग्रेसले गृह मन्त्रालय नदिने निर्णय गरेपछि सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।

बैठकपछि सचिव विष्णु पौडेलले  मन्त्रालय बाँडफाँड बारे आइतबार भएको सहमतिबाट कांग्रेस पछि हटेको निष्कर्ष सहित पूर्व सहमति कार्यन्वयन नभएसम्म सरकारमा नजाने निर्णय भएको बताए ।

स्थायी समिति बैठकले सभामुखका लागि पूर्व सभामुख समेत रहेका नेता सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसअघि गत आइतबार कांग्रेससँग एमालेका सभामुख उम्मेदवारलाई कांग्रेसले सहयोग गर्ने सहमति भएको थियो ।

एमालेले प्रधानमन्त्रीको सपथ कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेपनि एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल भने सपथ ग्रहण कार्यक्रममा सहभागी भएका थिए ।

प्रकाशित मिति: February 11, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |