मलेसियन जहाज अपहरण भएको अधिकारीहरुको दाबी

शनिबारदेखि बेपत्ता बोइङ ७७७ जहाजको सुचना प्रणाली बन्द गरेर कुनै उडानमा जानकारले अपहरण गरेको मलेसियन अधिकारीले जनाएका छन् । तर अपहरण हुनका कारण भने अझै नखुलाइएको समाचार संस्था एपीले जनाएको छ ।
मलेशियाको क्वालालाम्पुरबाट बेइजिङको लागि उडेको एमएच ३७० फ्लाइट नम्बरको उक्त जहाज उडेको २६ मिनेटपछि सम्पर्क विहिन भएको थियो । जहाजमा चालकदलसहित २३९ सवार छन् ।
प्रकाशित मिति:
March 15, 2014