छुट्टै भेला बोलाएर भट्टराईले भने- 'प्रचण्डले अध्यक्ष पद छाड्नुपर्छ'

आफ्नो समूहका जिल्ला संयोजकहरुको छुट्टै भेला डाकेर भट्टराईले यस्तो प्रस्ताव राखेका हुन् ।
भेलाबारे थाहा पाएपछि संस्थापन पक्ष आक्रोशित बनेको छ भने नारायणकाजी पक्षले भने छुट्टै भेला गरेको आफूलाई थाहा नभएको प्रतिक्रिया दिएको अन्नपूर्णमा खबर छ ।
भेलामा सहभागी एक नेताका अनुसार भट्टराईले सांगठनिक नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्ने साहस अध्यक्ष दाहालबाट सुरु गर्नुपर्ने बताएका थिए। सांगठनिक नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गरेर मात्र पार्टीलाई सुल्टो गतिमा ल्याउन सकिने उनको तर्क थियो। उनले वैचारिक नेतृत्व भने आफूसहित अध्यक्ष दाहाल, नेताद्वय श्रेष्ठ र पोस्टबहादुर बोगटीमा वैचारिक नेतृत्व कायम राख्नुपर्ने बताएका थिए।
आफू निकटका नेता र जिल्ला संयोजकहरूलाई भट्टराईले आइतबार आफ्नै निवास सानेपामा बोलाएर भेला गरेका थिए। भेलामा टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, हिसिला यमी, नवराज सुवेदी, गंगानारायण श्रेष्ठ, खगराज भट्टलगायतका सहभागी थिए।
उनले वैचारिक बहसका आधारमा सांगठनिक नेतृत्व हस्तान्तरण गर्ने गरी राष्ट्रिय सम्मेलन गर्नुपर्नेमा जोड दिएका थिए। केन्द्रीय समितिले वैशाख १८ गते संगठनात्मक राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ।
भट्टराईले आफूले गुटगत भेला नगरेको भेलामा प्रस्ट्याउने प्रयास समेत गरेका थिए। 'यो भेटघाट हो, गुटगत छलफल होइन, पार्टी संकटमा परेका बेला कसरी जीवन्तता दिने भन्नेमा हामीले पनि मेहनत गर्नुपर्छ', भट्टराईलाई उद्धृत गर्दै स्रोतले भन्यो, 'तपाईंहरूमार्फत तलको अवस्था बुझौं र मेरा धारणा पनि तपाईंहरूसँग राखौं भनेर बोलाएको हुँ। यसलाई गुटगत ढंगले तलसम्म लैजान जरुरी छैन।'

प्रकाशित मिति:
March 10, 2014