प्रधानमन्त्री कोइरालाकै पार्टी नेतृ भन्छिन्- 'मन्त्रीमण्डल समावेशी भएन'
फागुन २६ । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसकै एक केन्द्रीय सदस्यले वर्तमान मन्त्रीमण्डल समावेशी नभएको आरोप लगाएकी छिन् ।
केन्द्रीय सदस्य एवम् महिला नेत्री सुजाता कोइरालाले यस्तो आरोप लगाएकी हुन् ।
प्रेस युनियन मोरङले आयोजना गरेको कार्यक्रममा उनले अब विस्तार हुने मन्त्रिमण्डलमा पिछडिएका जातजाति, मुस्लिम, महिला एवम् कर्णाली अञ्चलको उचित प्रतिनिधित्व हुनुपर्नेमा समेत जोड दिइन् ।
उनले कार्यक्रममा अविलम्ब चुनावको मिति घोषणा गर्नसमेत माग गरिन् ।
प्रकाशित मिति:
March 10, 2014