पाच दिन भित्र आयोग गठन सम्बन्धी विधेयक संसदमा पेश गर्न एमाओवादी चेतावनी
चैत्र ७ । प्रमुख विपक्षी दल एकीकृत माओवादीले पाँच दिनभित्र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन सम्बन्धी विधेयक संसदमा पेश गर्न माग गरेको छ ।
पाच दिनमा पनि विधेयक संसदमा पेस नगरिए कडा रुपमा प्रस्तुत हुने उसले चेतावनी समेत दिएको छ ।
संविधानसभा भवन नया बानेश्वरमा शुक्रबार बसेको व्यवस्थापिका संसद बैठकमा एकीकृत माओवादी सभासद रामनारायण बिडारीले सरकारले पाँच दिनभित्र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन सम्बन्धी विधेयक सदनमा पेश नगरे कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए ।
सभामुखसग समय लिएर बोल्दै सभासद बिडारीले सरकारले संसदको भूमिकालाई बेवास्ता गरेको आरोप समेत लगाए ।
बैठकमा एमाले सभासद राजेन्द्र पाण्डेले ट्वान्टी–२० विश्पकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई उचित सम्मान गर्नुपर्ने धारणाा राखे । सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे संसदमा पनि छलफल गर्नुपर्ने उनको भनाई थियो ।
यस्तै, कांग्रेस सभासद रमेश लेखकले देशका विभिन्न ठाउँमा जंगली हात्तीको आक्रमण बढेको भन्दै नियन्त्रणका लागि आवश्यक काम गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रकाशित मिति:
March 21, 2014