गिरफ्तारीको माओवादीद्धारा कडा विरोध
चैत्र ७ । गोरखा फुुजेलका कृष्णप्रसाद अधिकारीको हत्याको आरोपमा प्रहरीले एकै परिवारका दुई जनालाई पक्राउ गरेपछि माओवादीले त्यसको कडा विरोध जनाएको छ ।
गोरखा फुजेल गाउ विकास समिति– ६ का ७४ वर्षीय छविलाल पौडेल र उनका भतिजा ४२ वर्षीय भीमसेन पौडेललाई पक्राउ गरे लगत्तै माओवादीले युद्धकालिन मुद्धा ब्युताएको भन्दै आपत्ती जनाएको हो ।
माओवादी प्रवक्ता पम्फा भुसालले उनीहरुलाई घरबाटै गिरफ्तार गरेको घटनाको सम्बन्धमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएकी छिन् ।
द्वन्द्वकालीन मुद्दाहरु सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत समाधान गर्ने बृहद शान्ति सम्झौता र अन्तरिम संविधानको भावनाविपरीत गरिएको गिरफ्तारीको उनले विज्ञप्ति मार्फत विरोध समेत जनाएकी छिन् । गिरफ्तार गरिएका पौडेलद्वयलाई अविलम्ब रिहा गर्न माओवादीले माग समेत गरेको छ ।
प्रकाशित मिति:
March 21, 2014