पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विषयले आज पनि संसद बैठक अवरुद्ध
चैत्र ६ । पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विषयले आज पनि संसद बैठक अवरुद्ध भएको छ ।
विपक्षी नेताहरुले पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नहुञ्जेल बैठक सुचारु हुन नदिने अडान लिएपछि आज बिहान डाकिएको बैठक सुचारु हुन नसकेको हो ।
यसअघि मंगलबार र बुधबारको बैठक पनि स्थगित भएको थियो । बैठक स्थगित भएका कारण व्यस्थापिका संसद नियमावली मस्यौदामा छलफल हुन सकिरहेको छैन ।
व्यवस्थापिका संसदको बैठक आजै पुनः २ बजे बोलाइएको छ ।

प्रकाशित मिति:
March 20, 2014