बन्द गराउँदै हिड्दा हिमाल शर्मासहितका विद्यार्थी नेता कार्यकर्ताहरु पक्राउ
चैत्र ५ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा गरिएको उपत्यका बन्दको क्रममा प्रहरीले एमाओवादी भातृ संगठन अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मालगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ।
मूल्य वृद्धिको विरोधमा विद्यार्थी संगठनले आज नेपाल बन्दको आह्वान गरेका छन् । बन्द गराउँदै हिड्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई कलमपोखरी प्रहरी वृत्तमा राखिएको बताइएको छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा गरिएको उपत्यका बन्दले जनजीवन प्रभावित भएको छ ।
सरकारले केही दिन अगाडी पेट्रोलियम पदार्थमा भारी मात्रामा मूल्य वृद्धि गरेपछि चौतर्फी यसको विरोध हुँदै आएको छ । मंगलबार संसद बैठक समेत अवरुद्ध भएको थियो ।
प्रकाशित मिति:
March 19, 2014