एक हप्तामै शिक्षक सेवा आयोगको अन्तर्वार्ता

स्थगित अन्तर्वार्ता कार्यक्रम प्रकाशनका लागि शिक्षा मन्त्रालयसँग छलफल भइरहेको जानकारी गराउँदै शिक्षक सेवा आयोगका उपसचिव नारायणप्रसाद भट्टराईले अन्तर्वार्ता कार्यक्रम आगामी एक हप्ताभित्रमा आउन सक्ने बताए ।
उनले भने,’माध्यमिक तथा निम्न माध्यमिक तहको लिखित परीक्षाको नतिजा प्रकाशन भइसकेका कारण तिनीहरुको अन्तर्वार्ता कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको र नतिजा प्रकाशन गर्न बाँकी रहेको प्राथमिक तहको नतिजा अन्तर्वार्ता कार्यक्रम सार्वजनिक भएपछि प्रकाशन गरिने छ ।’
आगामी चैत ६ देखि १४ गतेसम्म एसएलसी परीक्षा हुने भएका कारण एसएलसी परीक्षापछि मात्र अन्तर्वार्ता लिने गरी छलफल भइरहेको उनले वताए । उनका अनुसार अन्तर्वार्ता कार्यक्रम नतिजा प्रकाशन भएको मितिबाट लगभग १५ दिनको अन्तरालमा हुनेछ । रासस
प्रकाशित मिति:
March 12, 2014