श्रीमानले थप दाइजो मागेपछि श्रीमतीले गरिन सम्बन्ध विच्छेद

नरेशले किरणलाई अंशबापत सात लाख ५१ हजार रुपैयाँ बुझाए पछि मिलापत्रमा दुवैबीच सम्बन्ध विच्छेद भएको अदालतले जानकारी दिएको छ।
आरोपित पतिसहित घरपरिवारका सदस्यले थप दाइजो माग्दै २०६९ भदौ ११ गतेदेखि घरनिकाला गरेको भन्दै पीडितले २०६९ असोज ७ गते अंशबन्डा मुद्दा दर्ता गरेकी थिइन्।
यसैगरी, दाइजोबापत आरोपितले लिएको नगद र गरगहनासहित रु १४ लाख भराई पाउन माग गर्दै किरणले अदालतमा गत सोमबार निवेदन दिएकी थिइन्।
आरोपितसँग २०६७ जेठ १० गते सामाजिक परम्पराअनुसार विवाह गरेकी पीडित घरनिकालापछि भारत विहारको सुपौल जिल्लाको रतनपुरास्थित माइतको शरणमा थिइन्।
यसैबीच, अन्तर्जातीय प्रेमविवाह गरेकी सप्तरीकी एक थारु महिलाले पति २३ वर्षीय सकलदेव राम चमारसँग नाता कायमका लागि अदालतमा मुद्दा दर्ता गरेकी छन्।
मधुपट्टी गाविस–३ की २१ वर्षीया बन्दनादेवी चौधरी रामले नाबालक छोरा र आफ्नो हकमा समेत नाता कायम मुद्दा दर्ता गरेको अदालतले जानकारी दिएको छ।
प्रकाशित मिति:
March 12, 2014