गाडीको ठक्करबाट प्रहरी जवानको मृत्यु
चैत्र १५ । दाङमा सवारीको ठक्करबाट प्रहरी जवानको निधन भएको छ । तुलसीपुरमा गाडीको ठक्करबाट जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान मानबहादुर कठायत मृत्यु भएको हो ।
गएराती ११ बजे रा १ प ८८०१ नम्बरको मोटरसाइकल चढेर ड्युटीमा जांदै गरेको बेला नम्बर नखुलेको एउटा गाडीले शहीद गेट अगाडी उनलाई ठक्कर दिएर फरार भएको थियो ।
उनको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । फरार गाडीको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
March 29, 2014