सरकारका नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले मङ्गलवार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री निर्वाचनका बेला नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच भएको सहमति अनुसार नै दुवै दलको सहमतिमा नीति तथा कार्यक्रम ल्याउने तयारी भएको बुझिएको छ ।
सरकारका नीति तथा कार्यक्रममा संविधान र विकासलाई सँगसँगै अगाडी बढाउने नीति लिइएको छ । यस्तै, वर्ष दिनभित्र संविधान निर्माणलाई प्रमुख विषय बनाइएको छ ।
प्रकाशित मिति:
March 11, 2014