प्रचण्डमाथि भट्टराईको प्रहारै प्रहार

आफू पक्षधरको भेला गर्ने तथा भेलामा अध्यक्ष दाहाल सुध्रिन नसक्ने तथा उनले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने लगायतका विषय उठाएर उनले अध्यक्षमाथि प्रहार जारी राखेका छन् ।
एमाओवादीले नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माणका लागि संगठनात्मक राष्ट्रिय सम्मेलनको तयारी थालिरहेका बेला भट्टराईले पार्टीको मूल नेतृत्वकै कारण त्यस्तो सम्भावना नदेखिएको भन्दै अध्यक्ष प्रचण्डमाथि आरोप समेत लगाउने गरेका छन् ।
भट्टराईले दाहालमाथि केन्द्रित भएर भेला तथा छलफल चलाईरहेको पछिल्ला दिनहरुमा दैनिक पत्रपत्रिकाले स्थान पाईरहेको छ ।
भट्टराईले आफूनिकट नेताहरूसँगको भेटमा अध्यक्ष दाहाल मात्रै नभई अध्यक्षको टिम नै फेरि पनि रूपान्तरणको दिशामा भन्दा पनि पुरानै ढंगले चलिरहेको निष्कर्ष राजधानी दैनिकमा खबर छ ।
अध्यक्षमा रूपान्तरणको सम्भावना अब नरहेको भन्दै भट्टराईले आमूल नेतृत्व र नेतृत्वको वरिपरिका नेताहरू यथास्थितिमा जान थालेकाले पार्टी बन्नेभन्दा भत्कने खतरा रहेकाले बेलैमा आफूहरुले पहलकदमी लिएर नयाँ शक्तिको खोजी गर्नुपर्ने बेला आएको समेत बताउन थालेका छन् ।
भट्टराईका उक्त क्रियाकलापप्रति संस्थापन पक्ष भने आक्रोशित भन्दै आएको छ ।
प्रकाशित मिति:
March 11, 2014