४४ वटा मन्त्रीपरिषद बैठकको खाजा र खाना खर्च ७ लाख बढी

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले उक्त रकमको क्याविनेट बैठकको खाजा तथा खाना खर्चको विल वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।
विभिन्न मितिमा ४४ पटक बसेको मन्त्रीपरिषद तथा अन्य बैठकहरुको खाजा तथा खाना खर्च भन्ने शीर्षकमा सार्वजनिक गरिएको खर्च अनुसार एउटा बैठकको खाजा तथा खाना खर्च १६ हजार ८७ रुयैयाँ परेको छ ।
त्यस्तै प्रधानमन्त्री कार्यालयले मोविल, गेयर आयल र ब्रेक आयलमा १ लाख ८४ हजार ८ सय १६ रुपैयाँ खर्च देखाएको छ । बिएम ट्रेडर्सबाट प्रधानन्त्री कार्यालयले गाडी मर्मत र इन्धन खरिद गर्ने गरेको छ ।
आज बिएम ट्रेडर्सले दुईवटा गाडी मर्मत गरेवापत प्रधानमन्त्री कार्यालयलाई ३५ हजार ३ सय १२ रुपैयाँको बिल बुझाएको छ । त्यस्तै विश्वकर्मा अटो सर्भीसिङ सेन्टरबाट प्रधानमन्त्री कार्यालयमा ४ वटा गाडी मर्मत गरेको भन्दै ३६ हजार १ सय ३ रुपैयाँको बिल पुगेको प्रधानमन्त्री कार्यलयले उल्लेख गरेको छ ।
यसअघि प्रधानमन्त्री सुशिल कोइरालाले पाँच हजार भन्दा माथिको भुक्तानी गर्नु परे बेवसाइटबाट गर्ने घोषणा गरेका थिए ।
प्रकाशित मिति:
March 11, 2014