दाङमा जिप दुर्घटना, ७ जनाको मृत्यु ६ गम्भीर घाइते

तुलसीपुरबाट अमेलिया तर्फ जादै गरेको बा ११ च ११०८ नम्बरको जीप फुलबारी गाबिस १ भन्ज्याङमा दुर्घटना भएको हो ।
दुर्घटनामा फुलबारी ६ बखरीया निवासी १९ वर्षीय खड्ग डागी, १८ बर्षीय शंकर चौधरी, २२ वर्षीय प्रवीण खड्का, २२ वर्षीय गणेश केसी, २८ वर्षीय मधु योगी र २८ वर्षीय पुर्णबहादुर वली र रवि गिरीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी, दुर्घटनामा फुलबारी ६ निवासी सशस्त्र प्रहरीका हवल्दार मिनबहादुर बस्नेत, जीप चालक माधव रेग्मी, तेजवहादुर गिरी, डिल्ली पुरी र भागबत बस्नेत घाइते भएका छन् । गम्भीर घाईते सबैलाई उपचारका लागी नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
March 11, 2014