• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary, World » युक्रेनमा युद्धको सम्भावना झनै बढ्यो, रुसलाई कमजोर पार्ने अमेरिकी रणनीति
युक्रेनमा युद्धको सम्भावना झनै बढ्यो, रुसलाई कमजोर पार्ने अमेरिकी रणनीति

एजेन्सीको सहयोगमा
फागुन, काठमाडौं । युक्रेनमा युद्धको सम्भावना झनै बढेर गएको छ । रुसले आफ्ना सेनाहरु त्यहाँ तैनाथ पार्ने काम जारी राखेको छ भने अमेरिका लगायत पश्चिमा राष्ट्रले त्यसको प्रतिकार गर्ने तयारी गरिरहेका छन् ।

अमेरिका युक्रेनमा आफ्नो बर्चस्व जमाएर रसियालाई घेराबन्दीमा पार्न चाहन्छ भने रसिया युक्रेनमा कुनै पनि हालतमा अमेरिकाको प्रभाव पर्न नदिनेमा लाग्दा दुवै देशको स्वार्थको चपेटामा युक्रेन परेको छ ।

ठूला राष्ट्रहरुको स्वार्थ चपेटामा युक्रेनका आकाशमा युद्धको धुँवाहरु उड्ने त होइन भनेर पछिल्लो पटक विश्वको ध्यान त्यसले खिचेको छ । 

यसअघि रुसी संसदले युक्रेनमा सेना पठाउने प्रस्ताव स्वीकृत गरेसँगै युक्रेन सरकारले पनि सेनालाई युद्धका लागि तयारी अवस्थामा रहन निर्देशन दिईसकेको छ । 

रुसले युक्रेनमा हस्तक्षेप गरे ठूलो चुनौतीको सामना गर्नू पर्ने अमेरिकाले यस अघि नै चेतावनी दिईसकेको छ ।अमेरिकी राष्ट्रपति बाराक ओबामाले युक्रेनमा कुनै पनि सैन्य हस्तक्षेप नगर्न र यदि गरे ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिए पनि रुस आफ्नो निर्णयबाट पछि हटेको छैन । 

रुसका विदेशमन्त्री सेर्गेई लाभ्रोभले युक्रेनका अति राष्ट्रवादीहरु त्यहाँका अधिकांश समस्याका कारक रहेकोले राजनीतिक स्थिति साम्य नहुञ्जेल रुसी सेना त्यहाँ रहिरहने बताएका छन् ।

विदेश मन्त्री लाभ्रोभका अनुसार रुसनिकट राष्ट्रपति भिक्टर यानुकोभिचलाई सत्ताच्यूत गरिएपछि अब त्यहाँ रहेका रुसी जनता तथा रुसीभाषीहरुमाथि अतिराष्ट्रवादीहरुले मानव अधिकार हनन गर्नसक्ने हुनाले उसले सेना पठाएको हो।

युक्रेनमा सेना पठाउने रुसी निर्णयको ‘जी एट’का सदस्य राष्ट्रले आलोचना गरेका छन् । विश्वका सात मुख्य औद्योगिक मुलुकहरुले युक्रेनमा सैनिक हस्तक्षेप गर्ने रुसी तयारीप्रति आपत्ति जनाउँदै रुसको सोचीमा हुने जी एटको तयारी बैठक स्थगित गरेका छन् । 

रुस जी एटको सदस्य राष्ट्र हो । रुस बाहेकका जी एटका सदस्य राष्ट्रहरु अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली र जापानले संयुक्त वक्तव्य निकाली रुसले युक्रेनको सार्वभौमसत्ता र अखण्डताको उल्लंघन गरेको ठहर गरेको छ ।

‘जी सेभेन’का अर्थमन्त्रीहरुले युक्रेनलाई आवश्यक आर्थिक सहयोग गर्न तयार रहेको जनाएका छन् । 

युक्रेनको स्वायत्त क्षेत्र क्रिमियामा रुसले सैन्य शक्ति तैनाथ गर्ने जनाएलगत्तै झनै विश्वको ध्यान त्यसले तानेको छ । युक्रेनमा विकसित पछिल्लो घटनाबारे छलफल गर्न युरोपियन युनियनका विदेशमन्त्रीहरुको आपतकालीन बैठक ब्रसेल्समा बस्दै छ । 

प्रकाशित मिति: March 04, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |