प्रचण्डलाई भेट्न प्रधानमन्त्री पुगे लाजिम्पाट

प्रधानमन्त्री कोइराला एमाओवादी अध्यक्ष दाहाललाई भेट्न सोमबार अपरान्ह सवा ४ बजे लाजिम्पाट पुगेका थिए । उनीहरुबीच भएको ४५ मिनेटको भेटमा अध्यक्ष दाहालले सहमतिबाटै संविधान निर्माण गर्न र रिक्त रहेका संवैधानिक निकाय एवं राजदूतहरुमा सहमतिका आधारमा चाडो नियुक्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको दाहालको सचिवालयले जनाएको छ ।
भेटमा संविधान निर्माणको कार्यलाई सहमतिको बाटोबाट अघि बढाउन दाहालले आग्रह गरेको र कांग्रेस सभापति समेत रहेका कोइरालाले सहमतिभन्दा अर्को बाटो आफू नहिड्ने बताएको जनाइएको छ ।
भेटमा प्रधानमन्त्री कोइरालाले हालै सम्पन्न बिमस्टेक बैठकमा भएका उपलब्धीका विषयमा प्रचण्डलाई जानकारी गराएका थिए ।
प्रधानमन्त्री कोइरालाले सहमति हुन नसकेको संविधानसभा नियमावली, २६ सभासदको मनोनयन लगायतका विषयमा सहमति खोज्न अन्य दलका नेतासँग पनि छलफल सम्वाद तीव्र बनाएका छन् ।
प्रकाशित मिति:
March 10, 2014