प्रधानमन्त्री कोइराला स्वदेश फिर्ता, टनकपुरबारे विवाद गर्न नपर्ने तर्क
फागुन २२ । म्यानमारमा भएको बिमस्टेकको तेस्रो शिखर सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री सुशिल कोइराला स्वदेश फर्किएका छन् ।
म्यानमारबाट बैंकक हुँदै आज स्वदेश फर्किएका प्रधानमन्त्री कोइरालाले त्रिभुवन विमानस्थलमा विशेष पत्रकार सम्मेलन गरी भ्रमण उपलब्धिमूलक भएको बताए ।
उनले भुटानी शरणार्थी समस्या समाधानबारे भुटानी पक्षसँग महत्वपूर्ण कुराकानी भएको समेत बताएका छन् ।
विमस्टेक सम्मेलनका क्रममा सदस्य राष्ट्रका रसरकार प्रमुखसँगको भेटवार्ता अत्यन्तै सकारात्मक भएको र यसले क्षेत्रीयस्तरमा नेपालको छवि उच्च बनाउन सहयोग पुगेको अपेक्षा समेत उनले पत्रकार सम्मेलनमा जाहेर गरे ।
भ्रमण जानु अगाडी टनकपुर भारतको हो भनेर विवादित वक्तव्य दिएका कोइरालाले भने उक्त विषयमा विवाद गर्न नहुने बताए । पत्रकार सम्मेलनमा प्रधानमन्त्री कोइरालाले प्रसंगबस आफूले उठाएको टनकपुरको विषयमा विवाद गर्नुपर्ने आवश्यकता नरहेको जिकिर गरे ।
उक्त विषय भने व्यवस्थापिका संसदमा समेत उठीसकेको छ ।

प्रकाशित मिति:
March 06, 2014