• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » प्रधानमन्त्री कोइराला स्वदेश फिर्ता, टनकपुरबारे विवाद गर्न नपर्ने तर्क
प्रधानमन्त्री कोइराला स्वदेश फिर्ता, टनकपुरबारे विवाद गर्न नपर्ने तर्क

फागुन २२ । म्यानमारमा भएको बिमस्टेकको तेस्रो शिखर सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री सुशिल कोइराला स्वदेश फर्किएका छन् ।

म्यानमारबाट बैंकक हुँदै आज स्वदेश फर्किएका प्रधानमन्त्री कोइरालाले त्रिभुवन विमानस्थलमा विशेष पत्रकार सम्मेलन गरी भ्रमण उपलब्धिमूलक भएको बताए ।

उनले भुटानी शरणार्थी समस्या समाधानबारे भुटानी पक्षसँग महत्वपूर्ण कुराकानी भएको समेत बताएका छन् ।


विमस्टेक सम्मेलनका क्रममा सदस्य राष्ट्रका रसरकार प्रमुखसँगको भेटवार्ता अत्यन्तै सकारात्मक भएको र यसले क्षेत्रीयस्तरमा नेपालको छवि उच्च बनाउन सहयोग पुगेको अपेक्षा समेत उनले पत्रकार सम्मेलनमा जाहेर गरे ।

भ्रमण जानु अगाडी टनकपुर भारतको हो भनेर विवादित वक्तव्य दिएका कोइरालाले भने उक्त विषयमा विवाद गर्न नहुने बताए । पत्रकार सम्मेलनमा प्रधानमन्त्री कोइरालाले प्रसंगबस आफूले उठाएको टनकपुरको विषयमा विवाद गर्नुपर्ने आवश्यकता नरहेको जिकिर गरे ।

उक्त विषय भने व्यवस्थापिका संसदमा समेत उठीसकेको छ ।

प्रकाशित मिति: March 06, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |