ढुङ्गा दुर्घटनामा हराईरहेका ४ को शव फेला, १८ जना अझै बेपत्ता

भारतीय बजार तिकुनीया बेलुवा बजारमा किनमेल तथा काम गरेर साँझ घर फर्किरहेकाहरु सवार डुंगा मोहना घाटमा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेहरुमा लालबोझी९४ का ४५ वर्षीया फूलमति कठरिया, सोही गाविस वडा नं। ३ का ८ वर्षीय सन्दीप कठरिया, लाबोझीकै रहिस अलिकी नाम नखुलेकी डेढ वर्षीया नातिनी र हलौना थरकी एक मुश्लिम महिला रहेको इलाका प्रहरी कार्यालय भजनीले जानकारी दिएको छ ।
दुर्घटनापछि उद्दार गरिएकी हलौनाको भारतको एक अस्पतालमा उपचारका लागि लाँदै गर्दा बाटैमा मृत्यु भएको छ । हलौना नदी किनारसम्म पौडेर नपुदै स्थानीयले उनलाई उद्दार गरेका थिए । घटनास्थल कैलाली सदरमुकाम धनगढीबाट करिव ८० किलोमिटर दक्षिणपूर्वको भारतीय सीमासँगै रहेको छ । पुल नभएका कारण हरेक वर्ष कैलालीको दक्षिणवर्ती सीमानाका मानिसहरुले वर्षातको समयमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।
प्रकाशित मिति:
March 02, 2014