• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Political » कतार भ्रमणले अझै पोल्दैछ एमाओवादीलाई
कतार भ्रमणले अझै पोल्दैछ एमाओवादीलाई

फागुन १८ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल लगायत अन्य केही नेताहरुको कतार भ्रमण विषयले एमाओवादी भित्र अहिले पनि रडाको उत्तिनै मच्चिरहेको छ ।

उतिबेला नै भ्रमणमा जानेहरुको विषयमा उठेको विवाद अहिले पनि उतिनै उचाईमा छ । भ्रमण टोलिका विषयमा त्यहाँ गएका व्यक्तिहरुद्धारा नै फरक फरक किसिमका धारणा आएपछि त यो विषय झनै उचाईमा पुगेको हो ।

हालको भ्रमण टोलीमा रहेका केही सदस्यहरूको विषयमा पार्टीभित्रै चर्को असन्तुष्टि जन्मिएपछि एमाओवादीको अन्तर्राष्ट्रिय विभागले भ्रमण टोलीमा तीनजना मात्रै आधिकारिक रहेको र एकजना भने श्रम विभागको हैसियतमा गएको प्रस्ट्याएको एक दिन नबित्दै पार्टी प्रवक्ता दीनानाथ शर्माले भ्रमण टोलीमा सातजना रहेको सार्वजनिक प्रतिक्रिया दिए ।

दाहालले ७ देखि ११ फागुनसम्म कतारको औपचारिक भ्रमण गरेका थिए । भ्रमण टोलीमा दाहालका अतिरिक्त प्रवक्ता दीनानाथ शर्मा, स्वकीय सचिव चूडामणि खड्का, पूर्वश्रममन्त्री लेखराज भट्ट मात्र पार्टीका तर्फबाट आधिकारिक सदस्य रहेको अन्तर्राष्ट्रिय विभागले जनाएको थियो । दाहालको भ्रमण टोलीमै रहेका प्रवक्ता शर्माका ज्वाइँ शुभशंकर कँडेल र व्यापारी आरके शर्माका विषयलाई लिएर पार्टीनिकट पत्रकारहरूले तीव्र असन्तुष्टि जनाएका थिए । त्यति मात्र होइन, कतिपय केन्द्रीय सदस्यहरूले नै पार्टी शुद्धीकरणका क्रममा रहेका बेला भ्रमणमा सम्मिलित सदस्यका विषयलाई लिएर टीकाटिप्पणी गरेका थिए । 

केन्द्रीय सदस्यहरूले नै भ्रमण टोलीका विषयमा प्रश्न उठाएपछि अन्तर्राष्ट्रिय विभागले कतार भ्रमणलाई बदनियतपूर्ण बनाइएको जनाएको थियो । दाहालको भ्रमण टोलीमा रहेका सदस्यहरूको संख्यालाई लिएर गरिएको टीका–टिप्पणीप्रति विभागले असन्तुष्टि जनाएको थियो । ‘अध्यक्ष दाहाल, पूर्व अन्तर्राष्ट्रिय विभाग प्रमुख तथा प्रवक्ता शर्मा, पार्टी श्रम विभाग प्रमुख भट्ट तथा दाहालका स्वकीय सचिव खड्का मात्रै भ्रमण टोलीका आधिकारिक प्रतिनिधि थिए । अन्य व्यक्तिहरूको भ्रमणको उद्देश्य र सहभागिता उहाँहरूको निजी विषय हो,’ विभागले भनेको छ ।

अन्तर्राष्ट्रिय विभागका तर्फबाट जारी विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अध्यक्षसँगै गएका अरूका विषयमा अध्यक्षको भ्रमणसँग जोडेर चर्चा गर्नु या अज्ञानता हो, या त बदनियत ।’ तर, प्रवक्ता शर्माले भ्रमण टोलीका सातजनाको बन्दोबस्ती परराष्ट्र मन्त्रालयमार्फत मिलाइएको बताए । 

शनिबार पार्टी मुख्यालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले अध्यक्ष दाहालसहित सातजनाको भ्रमणको व्यवस्था नेपालकै परराष्ट्र मन्त्रालयमार्फत मिलाइएको बताए । उनले भने, ‘अध्यक्षसँगको भ्रमणमा सातजनाको टिम आधिकारिक हो, परराष्ट्र मन्त्रालयमार्फत नै मिलाएर गइएकाले यसमा विवाद गर्नुपर्ने विषय होइन ।’

दाहालले कतारमा रहँदा त्यहाँका प्रधानमन्त्री, विदेशमन्त्री र श्रम मन्त्रीसँग भेटघाट गरेका थिए । शर्माले अध्यक्षको भ्रमण टोलीलाई त्यहाँको राजदरबारले दिएको राजकीय सम्मानदेखि भएका महत्त्वपूर्ण भेटघाटले फलदायी भएको जिकिर गरेको खबर राजधानीमा छापिएको छ ।

प्रकाशित मिति: March 02, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |