प्रचण्डलाई आलोचनाभन्दा चाकडी र प्रशंसा नै प्यारो
फागुन १८ । १० वर्षे सशस्त्र युद्धको नेतृत्व हाकेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वभाव कस्तो छ त ? सबैलाई जान्न मन नलाग्ने त कुरै भएन ।
तर, उनको व्यक्तिगत स्वभाव सुन्ने हो भने उदेक पनि लाग्न सक्छ । यतिसम्म की त्यति ठूलो देश बदल्ने सोच भएका मान्छे साना-तिना झिना-मसिना कुरामा अल्झिएलान् त भनेर छक्क पर्नु पर्ने समेत हुन सक्छ ।
तर प्रचण्डलाई फुर्काउनेहरु उनका दाहिने हुने र स्वच्छ आलोचना गर्नेहरु भने उनको सिकार हुनुपर्ने अवस्था अझै पनि एमाओवादीमा छ । आलोचना सन्नै नसक्ने र चाकडी र प्रशंसाको भारी बोक्न उनी रुचाउँछन् । अझ, प्रचण्डलाई त्यसरी फुर्काई फुकाई स्वार्थ लुट्नेको त कुरै छाडौं । कान्तिपुर कोसेलीमा गंगा बिसी लेख्छन्- 'एक दशकभन्दा प्रचण्डको संगत गरेका एक नेताका अनुसार प्रचण्ड आफूलाई प्रशंसा गर्ने व्यक्तिलाई निकै रुचाउँछन् । उनलाई सीधै आलोचना गर्ने व्यक्तिलाई उनी रुचाउँदैनन् । कसैले सामुन्ने आलोचना गर्यो भने मन नपरेको संकेत उनको हाउभाउ र अनुहारबाट प्रस्ट झल्किन्छ । 'आफूलाई मन नपर्ने कुरा गर्यो भने अनौठो आवाज निकाल्ने बानी प्रचण्डको छ', ती नेताले भने । उनका अनुसार दोस्रो संविधानसभामा एमाओवादीले बहुमत ल्याउँछ भन्नेहरूलाई प्रचण्डले आफ्नो नजिक राखे । जसले पार्टी पराजित हुँदै छ भने तिनका लागि 'लाजिम्पाट दरबार' विरानो हुँदै गयो ।'
त्यसो त प्रचण्ड निवास लाजिम्पाटमा केही थरी व्यक्तिहरु हरेक दिन बिहान वा बेलुका दर्शन गर्न पुग्ने गर्छन । ती व्यक्ति प्रचण्डका स्वकीय सचिव पनि होइनन् । तर पनि निरन्तर भेट्छन् । उनीहरूले प्रचण्डलाई भेट्न सचिवालयबाट समय पनि लिनु पर्दैन । बरु पार्टीका केन्द्रीय सदस्य प्रचण्डलाई भेट्न खोज्दा हप्तौं पाउँदैनन् । हरेक दिन प्रचण्डलाई भेटेर सहयोग पुर्याउने उनीहरूको उद्देश्य होइन, मात्र ती व्यक्तिको उद्देश्य चाकरी गर्दै प्रचण्ड शक्तिको दुरुपयोग गर्नु हो ।
प्रचण्डलाई नेपालको मात्र होइन विश्व कम्युनिस्ट आन्दोलनकै नेता भएको भन्दै फुक्र्याउनेहरू समेत छन् । तर प्रचण्ड भने तिनैलाई आफ्नो मान्ने र जनयुद्ध लडेर आएकाहरुले सही नै भने पनि पाखा लगाउने गरेको समेत बताइन्छ ।
त्यसैले पनि पार्टीभित्रका उनका सहयोगी नेताहरू पनि प्रचण्डको आलोचना गर्न हिच्किचाउँछन् । किनकि स्वस्थ आलोचना गर्नेहरूलाई प्रचण्डले आगामी दिनमा 'हुक' नगर्ने सम्भावना हुन्छ ।
आलोचनाभन्दा चाकडी र प्रशंसा मन पराउने स्वभाव बुझेका दोस्रो तहका नेताहरूले उनलाई चाकडी गर्न नसके पनि तीतो आलोचना गर्दैनन् बिसीले लेखेका छन् आलोचना र सत्य सुनाउन सक्नेहरूबाट टाढा पुगेपछि प्रचण्ड आफूले थाहै नपाएको मिथ्या प्रशंसाको घेराबन्दीमा परेका छन् ।
प्रकाशित मिति:
March 02, 2014